शनिबार , माघ १५, २०७८

टिकटकमा भाइरल गिटि बालुवा बोक्ने पलाष्टरवाली (भिडियो हेर्नुस)

काभ्रे जिल्लाकि सरस्वती थोकर तामाङ अहिले सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन । ज्याला मजदुरि काम गर्दै आएकी सरस्वती काम गरिरहेको बेला एकै छिन आराम गर्दा टिकटक बनाउने गर्छिन ।

उनको टिकटक भिडियोमा घर प्लास्टर गरेको, बालुवा बोकेको, सिमेन्ट बालुवा मुछेको इत्यादी देख्न सकिन्छ । आफ्नो काम सगंसगै निकै राम्रो नृत्य पनि उनको भिडियोमा देख्न सकिन्छ । अहिले उनको भिडियोहरु निकैले मन पराउन थालेका छन ।

पहिले पहिले आफ्नो श्रीमानको मोबाइलमा अरुको टिकटक हेर्दा आफुलाई पनि टिकटक बनाउन मन लाग्ने गरेता पनि आफुसगँ मोबाइल नभएकोले बनाउन नपाएको सरस्वती बताउँछिन । आर्थिक अवस्था कमजोर भएकी सरस्वतीका श्रीमान पनि उनी जस्तै मजदुरी काम गर्छन ।

पछि मोबाइल किने पछि आफुले पनि काम गरेकै ठाउँमा बनाउन थालेको उनको भनाई छ । घर बनाउने ठाउँमा बालुवा चाल्ने, मसला बनाउने, सामान दिने जस्ता काम सरस्वती गर्छिन ।

आफुसग अरु बेला समय नभएकोले गर्दा काम गर्दा गर्दै टिकटक बनाउने गरेको उनी बताउँछिन । काम गरेको ठाउँमा त्यसरी टिकटक बनाउदा साहु तथा मिस्त्रीलाई सोधेर बनाउने गरेको उनी बताउँछिन । आफुखुशी बनाउदा काम गर्न गएको मान्छे मोबाइल तिर लागेको भनी गाली गर्ने भएकोले उनिहरुको अनुमतिमै बनाउने गरेको उनी बताउँछिन । अहिले ठेकेदार तथा मिस्त्रीहरुले पनि आफ्नो टिकटक राम्रो भएको भनी बनाउनका लागि समय दिबे गरेको उनी बताउँछिन ।

सोनु मोक्तानको नाममा रहेको उनको टिकटक आइडिमा अहिले २ मिलियन भन्दा धेरै फलोअर्स छन । लेखपढ खासै नगरेकी सरस्वतीलाई २ मिलियन भनेको कति हो थाहा नभएको बताउँछिन । अरुले कति धेरै फलोअर्स भनेको सुनेर धेरै नै रहेछन भन्ने उनलाई थाहा भएको बताउछिन । उनको आईडिमा राखिएको दोस्रो भिडियो नै २४ हजारले हेरे पछि उनि भाईरल बनेको बताउछिन । हरुबेला समय नभएकोले काम गर्दागर्दै बनाउनु पर्दा कतिपय काम गर्ने साथिहरुले कति टिकटक बनाउनु पर्ने भनेर रिसाउने पनि गरेको उनको भनाई छ

टिकटक बनाउदा श्रीमानले सपोट गर्ने गरेक भएता पनि घरपरिवारले लाज शरम नभएको भनेर गाली गर्ने गरेको सरस्वतीको भनाई छ । आफुलाई टिकटकमा भएका भिडियोहरुलाई ड्राफमा राखेर पछि बनाउन बाहेक अरु केही न आउने उनी बताउँछिन । तर अहिले भने श्रीमानले लाइभ बस्ने लगायत अन्य केही कुराहरु पनि सिकाउने गरेको भएता पनि त्यति धेरै नजानेको उनले बताईन । मजदुरि गर्दा सुख्खा दिनको ७ सय ज्याला पाउने गरेको उनको भनाई छ । २०७० सालमा भागी बिबाह गरेकि सरस्वती सानै देखि आफुलाई ईस्टेजमा नाच्न मन लाग्ने गरेको बताईन । सानै देखि हिरोइन बन्ने सपना भए पनि परिस्थितिले बालुवा बोक्नु पर्ने अवस्था भएको उनी बताउछिन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय