शनिबार , जेठ १४, २०७९

अमेरिकाबाट सुटुक्क नेपाल आएर आफ्ना प्रेमीसंग रमाउँदै शृङ्खला, भिडियो बन्यो भाइरल (भिडियो हेर्नुस्)

क्रिसमस बिदा पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकादेखि नेपाल आइपुगेकी छिन् ।हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको छ ।

चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुगेको खबर उनले गोप्य राख्ने प्रयास गरिन् ।

बिहीबार हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सामाजिक संजालमा जानकारी दिने गर्थिन् । तर यसपटक भने गोप्य रूपमा अाइन् ।

श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला तर उनीहरुको उक्त डिनर डेटले हल्लालाई खण्डन

मिडिया हाइपबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त छिन् । बिहीबार भने प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

डिनर डेटमा श्रृंखला प्रेमीसँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको अपेक्षा गरिएको छ ।

श्रृंखला र सिसन केहीवर्षदेखि सम्बन्धमा छन् । सार्वजनिकरुपमा प्रेमलाई नस्वीकारेपनि मायालाई उनीहरुले लुकाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय