आइतबार , जेठ ८, २०७९

धेरैपछि मिडियामा समिक्षा: भन्छिन, पल शाह मनपर्छ, कसैले नराम्रो भन्दा मन दुख्छ (भिडियो)

पछिल्लो केहि समयदेखि बिबादमा रहेकी समिक्षा अधिकारी र पल साहको बिषयले निकै लामो समयदेखि संजाल तात्यो।

धेरैले फरक तरिकाले अड्कल बाजी पनि काटे तर यो बेला भने समिक्षाले मिडियामा आएर केहि बिचार प्रस्तुत गरेकी छिन। उनि निकै इमान्दारी गायिकाको रुपमा परिचित छिन।

पल शाह आफुलाई धेरै मन पर्ने र पल प्रति केहि गलत टिप्पणी गर्दा चित्त दुख्नेसमेत समीक्षाको भनाइ छ। उनले आफुलाई निरन्तर भिडियो खेलेर अगाडी बढ्न पलसंग अझै धेरै सुहाएको बताएकी छन्।

यो समयमा समिक्षा र नरेशको नयाँ गीत बजारमा आएको छ । माया मारेर गीत हिट भए संगै समिक्षा र नरेशले गाएको र अभिनय गरेको हाम फालेर बजारमा आएको हो।

गीतसंग जोडिएर नरेशले भने ‘माया मारेर भाग २ बनाउने सोचेको यो गीत ढिला भएको कारण भाग २ भनेर नामकरण गर्न सकिन तर मैले १२ बर्ष देखि यही क्षेत्रमा लाग्दै गर्दा मेरो अहिलेसम्मकै उत्कृष्ट गीत लागेको छ, रोएर लेखेको गीत हो यो मेरो’।

समीक्षाले आफु र पल साह खेलेको नया गीत आउने पनि जानकारी दिएकी छिन । उनले हसाउदै भनिन- ‘बल्ल पल जी संग जोडी सुहाउने भएकी छु।’ समिक्षाले आफुलाई गायिकामै निरन्तरता दिने र चलचित्र खेल्ने सपना तत्काल न देखेको पनि बताएकी छिन।

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय