बुधबार , जेठ ४, २०७९

पब्जी खेल्दा भेट्टाए, अनि आइफोन पठाइदिए त्यसपछि प्रहरीकै श्रीमती उडाइदिए (भिडियो हेर्नुस)

सुनसरीको इटहरी उपमहानगरपालिका २ का पुर्व प्रहरी हल्दार गोपाल जोगिकी श्रीमती गंगा जोगि नेपालगन्ज घर भएका शुरेस चौधरी लिएर फरार भएका छन । सुरेश वैदेशिक रोजगारीमा दुबै बस्दै आएका थिए । उनले गंगालाई दुबैबाट पहिले पनि आईफोन पठाईदिएका थिए । गंगाका १२ वर्षको छोरा समेत छन । गंगा श्रीमान गोपाल र १२ वर्षका छोरालाई छोडेर सुरेश चौधरीसँग भागेको श्रीमान गोपालले बताएका छन । उनिहरुको पहिलेदेखी नै कुराकानी हुने गरेको खुलेको छ ।

गंगा पुस ५ गते १० बजे घर छोडेर सुरेश सँग फरार भएको श्रीमान गोपाल बताउँछन । गंगाको भेट सुरेशसगँ पप्जि खेल्ने क्रममा भएको गोपालले बताएका छन । पप्जि खेल्ने क्रममा भेट भए पछि सुरेश र गंगाबीच बिस्तारै अन्य सआमाजिक संजालमा कुराकानी हुने गरेको थियो । तर त्यसबारेमा आफुलाई पछि मात्र थाहा भएको गोपाल बताउँछन् । गंगाले श्रीमान गोपालसँग आइफोन पनि किनि मागेको गोपालले बताए । आफुसगँ पैसा नभए पछि आफुले भान्जासगँ आइफोन पठाउन लगाएको उनले बताए ।

तर भान्जाले भन्दा अगाडि नै सुरेशले गंगालाई आइफोन ल्याइदिएको गोपालले बताएका छन । आफुलाई साथिले आइफोन पठाइदिएको र आफू त्यही लिन जान्छु भनी हिडेकी गंगा अहिले सम्म सम्पर्कमा नआएको गोपाल बताउँछन् । पहिलो जेठी श्रीमतीसँग छोड्पत्र भइ सकेपछि कान्छी श्रीमती गंगासगँ गोपालले बिबाह गरेका थिए । पहिलो श्रीमतिले छोडे पछि बिबाह गरेकी कान्छि श्रीमती गंगालाई आफुले सुखमा राख्न निकै दुख गरेको गोपाल बताउँछन् । गंगाको घरमा खाना पकाउने र घर सफा गर्ने काम भन्दा अरु केही नभएको गोपाल बताउँछ ।

गंगा दिनभरी पप्जि खेलेर बस्ने गरेको गोपाल बताउँछन् । हिड्नु भन्दा दुई तीन दिन अगाडि इटहरी चोकमा गंगा र सुरेशको भेट भएको गोपाल बताउँछन् । गंगा हिडेको दुई दिन पछि गंगाले आफु नेपालगन्ज गएको भनी फोन मार्फत बताएको गोपालको भनाई छ । गंगाले फोनमा मेरो खोजी नगर्नु पनि भनेको गोपालले बताएका छन । आफुले मोबाइल धेरै चालाएको देखेर यसरी धेरै मोबाइल नचलाउ भन्दा गंगा आफुसगँ झगडा गर्ने गरेको गोपालले बताएका छन ।

गंगा आफुसँग बेला बेलामा आफ्नो र श्रीमानको उमेर नमिल्ने भन्दै झगडा गर्ने गरेको गोपाल बताउँछन । आफुले भने अब छोरा पनि यत्रो भै सक्यो अब यो बेला उमेरको कारण झगडा नगर्नु भनेर धेतै सम्झाउने गरेको उनले बताए । सुरेशसगँ भेट भए पछि गंगा आफुसगँ निकै झगडा गर्ने गरेको गोपाल बताउँछन । उनिहरु पब्जी खेल्ने क्रममा भेट भएर फेसबुक तथा इमोमा घण्टौ कुराकानी गर्ने गरेको गोपालले बताएका छन । आफुले अरुसगँ त्यसरी नबोल्नु भन्दा कहिले सथिसगँ बोलेको त कहिले आफन्तसगँ बोलेको भनी उल्टै आफुसगँ झगडा गर्ने गरेको उनको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय