आइतबार , जेठ ८, २०७९

आइडलका बिजेता बनेका पवनदिपको परिवार संग अन्तरवर्ता,यति मिठो नेपाली बोल्छन् (भिडियो हेर्नुस्)

प्रसिद्ध इन्डियन म्युजिक रियालिटी शो इन्डियन आइडलका बारेमा नसुन्ने कमैमात्र नेपाली होलान किनकी कुनै समय हाम्रै नेपाली कलाकार प्रशान्त तामाङ पनि यसै स्टेजबाट बिजयी भएर आएका थिए । आजको बिषय पनि यस्तै एक होनाहार युबक जसको कर्मथलो नेपाल नभएपनी जन्मभुमी नेपाल नै रहेको छ र उनले यसै सिजनको इन्डियन आइडल जित्न सफल भएका छ्न ।

पवनदिप राजन नाम गरेका युबक जो सफलतापुर्बक इन्डियन आइडल बनेका छ्न, आज भने उनका बाबू सुरेश राजन र बहिनी ज्योतिदिप राजन मिडियामा आएका छ्न । उनका पुर्खाहरु नेपाली नै रहेको र बैतडि जिल्लामा जन्मिएको कुरा पनि पवनदिपका बाबुले बताए । आफ्नो बाजेहरु उत्तराखण्डमा बसेको कुरा पनि उनले बताए । उनी भने उत्तराखण्डमा जन्मिएको कुरा पनि उनले खुलाए ।

पवनदिपकि बहिनी ज्योतीदिपले नेपाल असाध्यै मनपर्ने कुरा पनि बताइन र उनलाइ काठमाडौं सहर एकदमै मनपर्ने गरेको कुरा पनि खुलाइन । उनिहरु नेपाल आएको चारदिन मात्र भएको तर नेपाल बस्न खुब रहर लाग्ने कुरा पनि उनले बताइन । पवनका बाबुले नेपालिहरुको पवनदिपलाई जिताउनुमा ठूलो हात रहेको भन्दै भीत्री मनदेखि नै अभिबादन पनि गरे । पवनदिपलाइ आएको भोटमध्य ६०% प्रतिशत भोट नेपालीहरुबाट नै आएको कुरा पनि उनले स्पष्ट बताए ।

पशुपतिनाथलाई पवनदिपले खुब मान्ने गरेको कुरा पनि उनले बताए । पवनदिपले इन्डियन आइडलमा एउटा नेपाली गित पनि गाएका थिए जसले सबै नेपालिको मनमुटु चुडालेर लगेको थियो । नेपाली गायक राजेन्द्र काफ्लेको त्यो गीत गाएपछि त सम्पुर्ण नेपालीको मन चोर्न सफल भएका थिए । पवनदिपका बाबु पनि गित गाउन भने एकदमै सिपालु रहेछ्न, उनले पनि नेपालि गित गाएर सुनाए । उनी पनि एक गायक नै रहेको कुरा पनि उनले खुलाए ।

आफ्नो छोरो गड गिफ्टेड रहेको कुरा पनि उनले खुलाए । मात्र अढाइ बर्षको छदा पवनदिपले तबला बजाएर विश्व रेकर्ड समेत बनाएका रहेछ्न । पवनदिपका परिवारका सबै सदस्य कलाले भरिपूर्ण रहेछ्न भन्ने कुरा उनकी बहिनीले गाएको मीठो नेपाली गितबाट भने प्रष्ट हुन्छ । उनका अनुसार भारत नेपालबिना अधुरो र नेपालबिना भारत अधुरो छ जुनकुरा एकदमै सहि पनि हो ।

उत्तराखण्डमा नेपाली गितहरु पनि एकदमै बज्ने गरेको कुरा पनि उनले खुलाए । आफ्नो छोराले गरेको प्रगतिप्रती आफू धेरै खुसी रहेको बताउछिन उनी । पवनदिपकि बहिनी ज्योतिदिप पनि अब आउने अर्को सिजनको इन्डियन आइडलमा अडिसन दिने तयारीमा रहिछिन । पवनदिपका बाबू एउटा बिद्यालयका सामान्य शिक्षक रहेछ्न र उनिहरुको परिवार एउटा मध्यमबर्गिय परिवार रहेछ । धनले सम्पन्न नभएतापनी कलाले सम्पन्न छ पवनदिपको परिवार ।

बाकी हेर्नुस तलको भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय