शनिबार २४ मंसिर २०७९

गायिका समिक्षा अधिकारीले नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्। गीतमा गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ।

गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्। भिडियोमा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्।

किरण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।

याे समाचार पनि पढ्नुहोस्
अभिनेता पल शाहले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।यौन दुरुपयोगको मुद्दामा जिल्ला अदातल, नवलपुरले शाहलाई सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद सजाय तोकेको छ ।

न्यायधिस यत्रप्रसाद आचार्यको इजलासले बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति समेत भर्न पललाई आदेश दिउको छ । त्यस्तै अदालतले अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।


Last Updated on: September 6th, 2022 at 8:12 pm
४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया