शनिबार २४ मंसिर २०७९

नवलपुर जिल्ला अदालतले पल शाहलाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा साढे २ वर्ष कैद सजाय दिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई जबर्जस्ती करणी मुद्दामा भने सफाइ दिएको हो।

२०७८ गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए।

याे समाचार पनि पढ्नुहोस्
बलिउड फिल्म निर्माता करण जोहर हिजोआज केही अनपेक्षित कुराले समस्यामा छन् । आफ्नो जन्मदिनमा हालै आयोजित भव्य जमघटबाट कोरोना फैलाएको भनेर उनी आलोचित छन् ।

यसैबीच, करणलाई ग्याङस्टर लरेन्स बिस्नोइ ग्रुपले धम्की दिने योजना बनाएको खुलासा भएको छ । बलिउड हंगामाका अनुसार उक्त ग्याङले करणलाई धम्कीको सूचीमा राखेको हो ।

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी सन्तोष जाधव निकट मानिने महाकाल भनिने सिद्देश काम्बलले करणबाट ५ करोड भारु फिरौती माग्दै धम्की दिने योजना बनाएको खुलासा गरेका हुन् ।

तर प्रहरीले काम्बलको उक्त योजनाबारे पुष्टि भइनसकेको जनाएको छ । दिल्ली प्रहरीको विशेष सेल, पञ्जाब प्रहरी र मुम्बई क्राइम ब्रान्चले लिएको बयानमा यो कुरा खुलेको बलिउड हंगामाले उल्लेख गरेको छ ।


Last Updated on: September 6th, 2022 at 7:58 pm
१११ पटक हेरिएको

तपाईको प्रतिक्रिया