आइतबार , जेठ ८, २०७९

पशुपतिनाथ मन्दिरसँग भगवान शिवजी को नाम कसरी जोडिएको थियो त पढ्नुहोस्

भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो ? ११ रोचक तथ्य: पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ।

त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। आजको धर्म अङ्कमा हामी तपाईँहरूलाई जन्मदेखि मृ’त्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गैरहेका छौँ।१. बागमती जिल्लाको का.म.पा. वडा नं. ८ मा बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको (४,७९२ रोपनी) जग्गामा फैलिएको छ।

२. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा (UNESCO World Heritage Site) पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

३. यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसैले नै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको२ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।४. ‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ।

पाण्डवहरू आएको देखेर भगवान शिव भैँसीको रूप धारण गरेर भैँसीको बथानमा लुकेका थिए। पाण्डवहरूले भैँसीरूपी शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरूपी शिव जमीनमुनि धा’स्सिएका थिए।यसरी शिवजी जमीनमा धा’स्सिएपछि भैँसीरूपी शिवको पुच्छर पाण्डवले स्पर्श गर्दा ‘केदारनाथ’मा केदारनाथ भगवान प्रकट भए भने भैँसीरूपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवानको रूपमा प्र’कट भएका थिए।यसरी पाण्डवहरूले प’शुरूपी शिवको पुच्छर स्पर्श गरेर गोत्र ह’त्याको पापबाट मु’क्त भएका थिए। यसरी पशुको रूप लिएर प्रकट भएको हुनाले नै भगवान शिवलाई ‘पशुपतिनाथ’ भनिन थालिएको हो। एजेन्सी सारस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय