आइतबार , जेठ ८, २०७९

ललितालाई कपुर बमले १० वर्षका लागि बिदेश गएको भन्दै खोजी नगर्न ध’म्की(भिडियो हेर्नुस)

केही महिनादेखी ललिता र कपुर बमको घटना सामाजिक संजालमा निकै चर्चामा रहेको छ । श्रीमान र माइतिबाट एक्लिएकी ललिता अहिले बिर्तामोडमा कोठा भाडामा बस्दै आएकी छिन । उनको बिचल्नी अवस्था भएको देखेर मिडिया मार्फत केही सहयोगी दाताहरुले उनलाई सहयोग पठाएका छन । उक्त सहयोग रकम हस्तान्तरण गर्न जादा ललितालाई मुगुबाट फोन आएको बताईन ।

मुगुमा रहेका कपुर १० वर्षका लागि बिदेश हिडेको भन्दै आफुलाई भनेको ललिताले बताईन । आफुले अहिले कपुरलाई सम्पर्क गर्न खोज्दा उस्को परिवारका सदस्यले फोन उठाउने र कपुर अब १० वर्षको लागि बिदेश गएकोले अब सम्पर्क नगर्नु, यहाँ कपुर नभएकोले फोन नगर्नु भन्दै आफुलाई भन्ने गरेको ललिताले बताईन । आफुले बच्चाको लागि भए पनि यसरी मिडियामा आएको तर कपुर फर्केर नआएकोले आफ्नो मात्र बे’इज्जत भएको ललिताको गुनासो छ ।

पहिले कपुर र उनकी जेठि श्रीमती सहित झापा आएर ललितालाई पनि सगै लिएर बसेको बेला देखि नै उनिहरुले केही समय बसेर भाग्ने योजना बनाएको हुन सक्ने ललिताले बताईन । ललिता मिडिया आए पछि कपुरको खोजी गरे पछि कपुरले मुगुमा आफुलाई जातिय कारण घरमा बस्न नदिएको र आफुहरु यतै बसेर गरि खाने बताएका थिए । कपुरले अब जेठी श्रीमती सहित आफुहरु मिलेत बस्ने बताएकोले आफुले त्यो बेला सहमती गरेको ललिताको भनाई रहेको छ ।

आफुले त्यो बेला नै मिडिया सहित छलफल गर्न खोजेको भएता पनि कपुरले आफुहरु मिलेर बस्ने र मिडिया फेरि बोलाए आफुहरु मुगु फर्किने बताए पछि त्यो बेला आफुले मिडियामा केही कुरा नराखेको बताईन । तर त्यसको केही दिनमा आफुलाई कु’टपि’ट गरि उनिहरु मुगु तिरै भागेको बताईन । त्यस पछि आफु मिडिया सहित मुगु आउने भनी कपुरलाई बताउँदा यदि मिडिया सहित यहाँ आए मिडियाको मान्छे सहित कोहि पनि बाचेर नफर्किने धम्की दिएको उनले बताईन ।

आफू त्यस बेला गर्भवती भएकोले पनि केही गर्न नसकेको उनले बताईन । अब अहिले भने कपुर सम्पर्क मै नआएको र उस्को परिवारले पनि कपुर घर नभएको भन्दै भन्न थालेको उनले बताईन । आफुले बच्चाको अधिकार मात्र अहिले खोजेको उनको भनाई छ । यदि बच्चाले पाउने अधिकार दिएर गए आफू कहिल्यै नखोज्ने पनि उनले बताईन । अहिले आफुलाई माइतिबाट पनि खासै सहयोग नभएको उनले बताएकी छिन । सहयोगि दातहरुकै सहयोगबाट अहिले आफ्नो दैनिकी चल्दै आएको उनले बताईन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय