शनिबार , माघ १५, २०७८

बाटोमा भोकभोकै हिँडिरहेका दुई बालकलाई खोज्दै उनका मामा भेटेपछी(भिडियो हेर्नुहोस्)

बाग्लुङको पलेवा घर बताउने दुई बालक बाटोमा भोकै हिडिरहेको अवस्थामा भेटिए पछि एक महिलाले उनिहरुलाई घरमा ल्याएर राखेकी थिइन् । आफ्नै घरका छोराछोरीहरुलाई राम्रोसगँ खान लाउन दिन सक्ने आर्थिक अवस्था कमजोर भएकी ती महिलाले धेरै दिन देखि भोकै बाटोमा हिँडिरेको देखेपछी त्यसै छोड्न नसकेर घरमा ल्याएर राखेको बताएकी थिइन् । घरमा ल्याएर राखेता पनि आफ्नो आर्थिक अवस्थाले गर्दा उनिहरुलाई खान लाउन दिन राम्ररी नसकेको ती महिलाको भनाई थियो ।

केही समय अघि उनिहरुको त्यो भिडियो बाहिरिए पछि ती दुई बालकलाई खोज्दै हिडेका उनिहरुका मामाले मिडियाको सहयोगमा भान्जाहरुलाई भेटी घर लिएर गएका छन । आफुले भान्जाहरु हराएको मिडियामा भिडियो आए पछि मात्र थाहा पाएको विशाल परियारले बताए । धेरै दिन पछि आफुले मिडियामा देखे पछि यहाँ रहेको थाहा पाएको बताए । त्यो भन्दा अगाडि भने कहिले काहीँ भान्जाहरुसगँ फोनमा कुरा हुँदै आएको उनको भनाई छ । धेरै दिन फोनमा कुरा नभए पछि मिडियामा उनिहरुको भिडियो देखेको उनले बताएका छन ।

करिव ४ वर्ष अघि बाट आफ्नो दिदिले अर्कै सगँ बिबाह गरे पछि दुई भान्जाहरुलाई आफुले नै राख्दै आएको उनले बताए । जेठा ५ कक्षामा र कान्छा भान्जा ४ कक्षामा पढ्दै गर्दा उनिहरुको बाबा आए पछि जेठा भन्जा सोही बेला बाबासगँ गएको र दशैँ भन्दा पछाडी कान्छा भान्जालाई पनि लिएर गएको विशाल बताउँछन । आफुले त्यो बेला भान्जाहरुलाई बाबासगँ नजानु आफू यहि राखेर पढाउने भनी काममा गएको तर बेलुका घर आउदाँ दुबै भान्जालाई लिएर गएको उनले बताए ।

आफुले भान्जाहरुलाई फोन नम्बर लेखेर दिएको त्यहीबाट आफ्नो घरबाट भान्जाहरु गएको करिव १२ दिनसम्म कहिले काहीँ कुरा भएको उनले बताए । तर त्यसपछी भने कुरा हुन नसकेको उनको भनाई छ । त्यसको निकै दिन पछि आफू कामबाट बेलुका घर फर्किदा घरमा यस्तो भिडियो आएको छ भनी भान्जाहरुको भिडियो देखाए पछि आफुले तुरुन्तै मिडियालाई सम्पर्क गरि भान्जाहरु लिन आएको बिसालले बताएका छन । आफुले भान्जाहरु त्यसरी हिडेको पनि मिडियाबाटै थाहा पाएको बताए ।

बाटोमा त्यसरी भेटिएका दाजुभाईले यश अघि आफ्नो घर बाग्लुङको पलेवा बताएका थिए ।  आमा अर्कैसगँ पोइला हिडेको र बाबुले पिटेर छोडेर हिडेको उनिहरुले बताएका थिए । त्यसरी भेटिएका उनिहरुलाई एक महिलाले राख्दै आएकी थिइन । अहिले भने ती बालकहरुलाई आफ्नो मामा लिन आए पछि उनिहरु मामा सगैँ जाने बताए । मामा बिसालले अब भान्जाहरुलाई आफुसगैँ राख्ने बताए । साथै अब उनिहरुको बाबा लिन आएता पनि आफू लैजान नदिने बताए । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय