शनिबार , माघ १५, २०७८

कठै !दुईजना श्रीमानका बच्चाहरु लिएर यी आमा भोकभोकै दिन क’टाउँ’दै (भिडियो हेर्नुस)

पहिलो श्रीमान बिते पछि दोश्रो बिबाह गरेकी तालमाया अहिले ३५ वर्ष पुगेकी छिन । पहिलो श्रीमान बिरामी भएर बिते पछि गाउँमै अर्को बिबाह गरेको उनका दुबै तिर गरि अहिले ५ जना छोराछोरी छन । आर्थिक अवस्था कमजिर भएकी तालमायाको परिवारले वर्षौदेखी एक पेट पनि कहिले राम्रोसगँ खान पाएको छैन । कयौ रात आफू भोकै सुतेको तालमाया बताउँछिन । दोश्रो बिबाह गरेर बसेकी उनी पहिलो श्रीमानका छोराछोरी पनि नजिकै भएकोले आमा खोज्दै आउदा तिनिहरुलाई पनि खुवाउने गर्दा आफू भोकै बसेको उनी बताउँछिन ।

अर्कै श्रीमानसगँ बसेता पनि आफुले जन्माएका छोराछोरीको माया लाग्ने उनी बताउँछिन । छोराछोरी पनि आमा भन्दै आउदा उनिहरुलाई नखुवाई आफू खान नसक्ने तालमायाको भनाई छ । ५ जना छोराछोरीलाई खुवाई सक्दा घरमा पाकेको सबै सकिने उनी बताउँछिन । खानलाई केही नरहे पछि आफू भोकै बस्नु परेको उनको भनाई छ । आफू मात्र नभै कतिपय अवस्थामा स साना छोराछोरी पनि भोकभोकै बस्नु परेको अवस्था पनि रहेको तालमायाको भनाई छ ।

घरमा भएको एउटा सानो पकाउने भाडाको भात एक जना एक्लैले खाईसक्ने तालमाया बताउँछिन । कहिलेकाही त अरु छोराछोरीलाई दिन पनि नपुग्ने उनको भनाई छ । सकेसम्म आफू नखाएर भए पनि आफुले छोराछोरी सबैलाई आधा पेट भए पनि बाढेर खुवाउनु परेको तालमाया बताउँछिन । सानो झुपडी घर भएको उनको घरमा खान मात्र नभएर जाडो हुदा लगाउने कपडा तथा राती सुत्दा चाहिने ओढ्ने तथा ओछ्याउने समेत नभएको तालमाया बताउँछिन ।

सानो झुपडी घरमा नत खानलाई अन्न नै हुन्छ । नत शरीर ढाक्ने राम्रो कपडा नै । थोरै बारिमा केही मकै र जौ उत्पादन हुन्छ । तर त्यसले ६ महिना पनि नपुग्ने तालमाया बताउने गर्छिन । उनका श्रीमान राम्ररी बोल्न सक्दैन । उनले नै केही काम गरेर चामल ल्याउने गरेको तालमाया बताउँछिन । त्यसैले जसओ तसो छाक टार्ने गरेको उनको भनाई छ । लत्ताकपडा पनि आफुले किन्ने हैसियत नभएकोले मागेर लगाउने गरेको तालमाया बताउँछिन । गाउँमा अलिक हुनेहरुले उनिहरुले नलाएका पुराना कपडा दिने गरेको उनले बताईन ।

आफू गरिव भएका कारण अरुले हेप्ने गरेको पनि उनी सुनाउछिन । अब यिनै छोराछोरी हुर्किएर केही कमाएर आफुलाई पनि सुख दिन्छन कि भन्ने आश रहेको तालमाको भनाई छ । अहिले जसोतसो दुख गरि आफू नखाए पछि छोराछोरी हुर्काउन पाए यिनिहरुले केही गरेर आफुलाई खान लाउन राम्रोसगँ पुर्याउलान कि भन्ने आशाले पनि अहिले दुख गरिरहनु परेको तालमाया बताउँछिन । आफुले अहिले जति दुख पाए पनि अर्काको घरदैलोमा नजाउ भन्ने गरेको उनी बताउँछिन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय