शनिबार , जेठ १४, २०७९

पैसा सम्पत्ति सहित टाप भएकि श्रीमति  २४ घण्टा नबित्दै श्रीमानले झु’ठो आ’रो’प लगाएको भन्दै हराएकी श्रीमती सम्पर्कमा(भिडियो हेर्नुहोस्)

हिजो मात्र बुटवलको ॐसत्य ३ ठुटेपिपलका लोकबहादुर बिक आफ्नी श्रीमती मालती बिक एक महिनादेखी हराएको भन्दै मिडियामा आएका थिए । आफुले दुबैबाटै फोनमा आफ्नो टिकट भै सकेकोले आफु आउन लागेको बताए पछि श्रीमती त्यसै दिन माइत गएको आफुले पछि थाहा पाएको उनले बताएका थिए । कार्तिक १४ गते आइतबारदेखि श्रीमती हराएको उनको भनाइ थियो । शनिबार माइतिबाट फर्किए पछि आफुसगँ फोनमा कुरा गर्दा आफुले सोमबार घर आइपुग्ने बताउँदा काठमाडौ नबस्नु घर आउनु सल्लाह गर्नु छ भनी कुरा भएको उनको भनैइ थियो ।

तर आफू घर आइपुग्दा श्रीमती अर्कैसगँ हिडेको उनले बताएका थिए । साथै आफुले पठाएकी पैसा र करिव १ लाख जतिको सुन पनि लिएर हिडेको उनको भनाई थियो । लोकबहादुरको उक्त भिडियो मिडियामा आएको २४ घण्टा पनि नबित्दै उनकी श्रीमती भने सम्पर्कमा आएकी छिन । फोन सम्पर्कमा आएकी मालतीले आफुलाई श्रीमानले झुटो आरोप लगाएको भन्दै आफू अब कुनै हालतमा घर नफर्किने उनले बताएकी छिन । आफुले एक रुपैया पनि पैसा लिएर नहिडेको उनले बताईन ।

श्रीमामले अर्कै पुरुष सगँ हिडेको भनी लगाएको आरोप झुटो भएको उनले बताईन । आफू ती ब्याक्तीसगँ बोलेको तर उक्त ब्याक्तीसाग आफू मात्र नभै छोराछोरी पनि बोल्ने गरेको र दिदी भाइ को सम्बन्धमा रहेर सबैजना बोलेको उनले बताईन । तर अहिले छोराछोरीले पनि बाबुको अगाडि किन झुट बोलेको त्यो आफुलाई थाहा नभएको उनले बताईन । अहिले आफू बुटवल नजिकै रहेको पनि मालतिले बताएकी छिन । साथै श्रीमानले पठाएको पैसा आफुले नलगएको पनि उनको भनाई छ ।

आफुले छोराछोरी सगँ सम्पर्क गरिरहेको र बाउको बानी सुध्रीयो भने आफू आउने पनि भनी रहेको भएता पनि उनिहरुले मिडियामा गएर विभिन्न आरोप लगाएर आफ्नो बेइज्जत गरेकोले अब आफू नफर्किने उनले बताए । श्रीमानले पठाएको पैसा बैंकमै रहेको र आफुले चेक, एटिम सबै घर मै छोडेर अर्कैसगँ १ हजार मागेर लिएर हिडेको उनले बताईन । आफू होटलमा भाडा माझेर अहिले बसिरहेको र अब सकुनजेल यतै काम गर्ने नसके पछि जे मन लाग्छ त्यही गर्ने तर घर अब नफर्किने उनले बताईन ।

श्रीमान सधै बिदेशबाट आउदा कु’ट’पि’ट गर्ने, विभिन्न अपशब्द बोल्दै गाली गर्ने इत्यादी गरेको कारण आफू पहिले छोराछोरी सानै भएको कारणले घर छोडेर हिड्न नसकेको तर अब छोराछोरी पनि हुर्की सकेकोले अब कुटाई खाएर नबस्ने भनी आफू हिडेको उनले बताईन । जे जति घर जग्गा छ त्यो पनि आफुले उनिहरुकै नाममा राख भन्दा नमानेको र अहिले लालपुर्जा लिएर हिडि भन्ने आरोप गलत भएको उनले बताईन । लालपुर्जा बैंकमा रहेको र पैसा निकालेर घर बनाएको उनको भनाई छ । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय