शनिबार , माघ १५, २०७८

ओछ्यानबाटै हराएका श्रीमान भेटिए,भेटिएपछि झन् माया बढ्यो,लोभलाग्दो जोडी(भिडियो हेर्नुहोस्)

केही दिन अघि मात्रै अचानक रहस्यमय तरिकाले सुतेको ओछ्यान बाटै एकाएक हराएका श्रीमान् अहिले भेटिएका छन्।भेटिएपछि उनीहरूले अन्तरवार्ताकै क्रममा देखाएको मायाले सबैलाई लोभ्यायो। अन्तरजातीय बिबाह,यति धेरै समझदारी एक अर्कामा जसले गर्दा आज सम्बन्ध झन् झन् प्रगाढ बनाएको छ।

अशोकले आफू कुनै योजना बनाएर हिँडेको नभइ एक्कासि हिँडेको र भारत पुगेको बताएका छन्।आफूसँग कुनै खर्चसमेत नभएको पनि उनले बताएका थिए।बेखर्ची भएको र आफू मेन्टल्ली पनि अलिकति डिस्टर्ब्ड रहेको उनले बताएका छन्।आफूलाई भारत पुगेपछि किन आफू श्रीमती छोडेर त्यहाँसम्म पुगेँ भनेर पनि अचम्मित भएको उनले बताएका छन्।

झापाको अशोकप्रसाद कोइराला र धरानकी लक्ष्मी लिम्बुबिच १९ वर्ष अघि अन्तरजातीय प्रेम बिबाह भएको थियो । अशोक र लक्ष्मी सगैँ धरानमा पढ्ने गर्दथे त्यहिँबाट उनिहरुबिच प्रेम सम्बन्ध भै बिबाह भएको थियो । अहिले बिराटनगरमा ब्यावसाय गरि बस्दै आएका उनिहरु केही दिन अघि मात्र अशोक हराए पछि लक्ष्मी खोजिका लागि मिडियामा आएकी थिइन । बेलुका सगैँ सुतेका श्रीमान बिहान उठ्दा एक्कासि हराए पछि आफू जतिसक्दो छिटो खोजी गर्नका लागि मिडियामा आएको उनको भनाई थियो

लक्ष्मी उनिहरुको मुल घर झापाको राजगढ गएकी थिइन्। त्यहाँ भने लक्ष्मीको जेठाजुसगँ यसै बिषयमा लफडा समेत  भएको थियो।लक्ष्मीले घरको दाजुभाईहरुसगँ आफ्नो श्रीमानको सम्पर्क भएको हुन सक्ने बताए पछि उनिहरुबिच बिबाद भएको थियो । केही दिन अघि मिडियामा आउदाँ लक्ष्मीले आफू श्रीमानलाई छोड्न नसक्ने र श्रीमान अरु कसैलाई लिएर हिडेको भन्ने आफुलाई नलागेको बताएकी थिइन । तर त्यसपछि भने श्रीमान अर्कै केटि लिएर बसेको भन्ने बताएकी थिइन्।

लक्ष्मीले श्रीमान फर्केर आएर आफुलाई डिभोर्स दिन पनि भनेकी थिइन् । साथै परिवारले पनि श्रीमान खोज्न कुनै सहयोग नगरेको र आफ्नो श्रीमान हराएकै दिन जेठाजु पनि काठमाडौ गएकोले उनिहरु बिच सम्पर्क भै सगैँ गएको हुन सक्ने बताएकी थिइन्। तर उनका जेठाजुले भने आफू आफ्नो वैदेशिक रोजगारीका लागि मेडिकल गर्न गएको र लक्ष्मी श्रीमान खोज्दै काठमाडौ जाँदा भेट भएको बताए । आफ्नो सम्पर्क भाइ सगँ नभएको र आफुहरु पनि भाईको खोजी गरिरहेको उनले बताएका थिए ।

यस अघि लक्ष्मीले श्रीमानसगँ कहिल्यै कुनै कुरामा बिबाद नभएको र श्रीमानको अन्य केटिहरुसगँ सम्बन्ध भएको आफुले कहिल्यै थाहा नभएको बताएकी थिइन । साथै श्रीमान त्यस्तो नभएको पनि उनले बताएकी थिइन । तर आज भने उनले श्रीमान बाहुनी बस्दा एउटा केटिसगँ सम्बन्ध भएको र त्यसैको बारेमा आफुहरुको बिबाद भएको बताएकि पनि थिइन् । त्यही कारण श्रीमानले फोन पनि नबोकेको उनको भनाई थियो । घरबाट नागरिकता र पासपोर्ट लिएर गएको हुनाले श्रीमान बिदेश गएको हो कि भन्ने आफुलाई लागेको उनको भनाई थियो ।

लक्ष्मीका जेठाजुले भने आफुहरुकी भाइ बुहारिसगँ त्यति बाक्लो सम्पर्क नभएकोले उनिहरुको बारेमा खासै जानकारी नभएको बताएका थिए । सबै दाजुभाई आफ्नो आफ्नो तवरले काम गरि बसेको हुनाले उनिहरु बिराटनगर बस्ने गरेको र झापा त्यति नआउने गरेको पनि उनको भनाई थियो। फोन सम्पर्क पनि खासै नहुने भएकोले उनिहरुको श्रीमान श्रीमतिबिच कस्तो सम्बन्ध थियो आफुहरुलाई थाहा नभएको उनले बताए । अहिले यसरी एक अर्कालाई शंका गर्नु भन्दा मिलेर खोज्नु पर्ने उनको भनाई रहेको थियोे    । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय