
आगो ताप्दै गर्दा ढुङ्गा पढ्किएर टाउकोमा लाग्दा बच्चाको टा’उको मै प्वाल(भिडियो हेर्नुहोस्)
बाग्लुङ जिल्लाको गलकोट नगरपालिका ११ कि आकृती रानाकुमाल को आगो तापिरहेको अवस्थामा ढुङ्गा प’ड्किएर निधरामा गम्भीर चो’ट लाग्यो । उनको उपचरार पछि अहिले घर आएता पनि पुन उपचार गर्नु पर्ने डाक्टरहरुले बताएको आकृतिका बाबुले बताएका छन । अहिले नै उपचारमा थुप्रै खर्च लागेको भन्दै अब फेरि ३ महिना पछि पुन उपचार गर्नु पर्दा आफुसग उपचार खर्च नभएको उनले बताए । आर्थिक अवस्था कमजोर भएकोले पहिले पनि सहयोग मागेर उपचार गरेको उनको भनाई छ ।
तीन छोरी रहेकोमा आकृती सबै भन्दा कान्छी हुन । बिहानै उठेर आफुले हेर्दा माईलि छोरी र कान्छी आकृती बाहिर रहेको चुलो छेउमा आगो ताप्दै गरेको देखे पछि आफू बाख्रालाई घाँस हाल्न भनी गएको आकृतिका बाबाले बताए । आकृतिकी आमा भने त्यो बेला बिरामी थिइन । आफू घाँस हाल्न जाँदै गर्दा एक्कासी केही पड्किएको सुने पछि के पड्कियो भने घरतिर हेर्दा माइली छोरिको जिउमा पुरै आगो देखि पछि आफुले आएर छोरिको जिउबाट आगि निभाएको उनले बताए ।
त्यति बेला भने आकृती लडिरहेको देखे पनि ध्यान माइली छोरिको जिउमा आगि भएकोले त्यतै तिर भएको र भर्खरै उठेको हुनाले कान्छी छोरी आकृती त्यही आ’गो तापेर सुतेको होला भन्ने आफुलाई लागेर उनिप्रती ध्यान नगएको आकृतिका बाबाले बताए । पछि मसिली छोरिको आगो निभाएर आकृतिलाई हेर्दा उनको निधारमा ठुलै प्वा’ल देखिएको उनले बताए । त्यस्तो देखे पछि आफुहरुले तत्काल छोरिलाई अस्पताल लगेको उनी बताउँछन । तत्काल अस्पताल लगे पछि नानिले उल्टि गर्न सुरु गरेको उनी बताउँछन ।
त्यहाबाट पनि आफुहरु तत्काल पाल्पा अस्पताल लिएर गएको उनले बताए । त्यहा पुगेपछी डाक्टरहरुले तत्काल अप्रेसन गर्नु पर्ने भएकोले पैसा जम्मा गर्न लगाएको उनको भनाई छ । आफुले बोकेको ४० हजार रुपैया एक छिन्मै त्यहा सकिए पछि आफुहरु सगँ पैसा नभएकोले त्यहिको एकजना चिनेको होटल गरि बस्ने दाईको सहयोगमा आफुले अप्रेसन गर्न पाएको उनी बताउँछन । अहिले छोरिको मानसिक अवस्था ठिक नभएको उनले बताए । निधारको हड्डि भित्र पसेको कारण त्यो फाल्नु परेको उनले बताए ।
अझै उपचारका लागि पैसा चाहिने भएकोले आफुलाई गार्हो भएको उनी बताउँछन । सहयोग माग्दै हिड्दा गाली खानु परेको पनि उनी बताउँछन । पसलेहरुले नगरपालिकाले पनि कर लिन्छ फेरि यस्ता माग्नेहरु पनि आउँछन हामिले कसरी सक्नु भन्दै गाली गर्ने गरेको उनको भनाई छ । तर पनि आफ्नो बाध्यता भएकोले सहनु परेको उनी बताउँछन । जे जति सकिन्छ सहयोग गरिदिन र यदि नसके राम्रो ब्याबहार मात्र भए पनि गरिदिन उनी आग्रह गर्छन । केही सहयोग जुटाइदिनु हुन्छ कि भनी आफू मिडियामा आएको पनि उनले बताए । (भिडियो हेर्नुस)