शनिबार २४ मंसिर २०७९

त्रिशला गुरुङ्ग संगीत प्रेमीका लागी प्रिय र चर्चित नाम हो ।

उनको आवाज र सुन्दरताको प्रशंसक लाखौ छन् । गायन करियरलाई निरन्तारता दिदैँ दिएर त्रिशला यतिबेला डाक्टर बनिसकेकी छिन् । आफ्नो अध्ययन सकेर पुन संगीतमा फर्किएकी गुरुङ्गले केहि सहकर्मीसंग मिलेर संगीत निर्माणको एक कम्पनी समेत खोलेकी छिन् ।

उनै त्रिशला संगीतकर्मी रोहित शाक्यको प्रेममा परेकी छिन् । लामै समयबाट सहकार्य गरिरहेको यो जोडी प्रेममा रहेको स्वयम् त्रिशलाको पोष्टले स्पष्ट पारेको छ ।

उनले आफ्नो सामाजिक संजालमा प्रेमिल क्याप्सन लेख्दै रोहितसंगको सम्बन्ध सार्वजनिक गरेकी छिन् । उनी लेख्छिन्, ‘मैले भर्खरै महसुस गरे कि हामी लामो समयका लागी साथि बन्न सक्छौ । तिमि मेरो हौ र तिमीलाई थाह छ म त्यसैको लागी तिमीलाई मन पराउछु ।’

कभर गीत गाएर त्रिशला चर्चामा आएकी थिइन् । उनको स्वर सुन्दरताको सदा चर्चा हुनेगर्छ ।


Last Updated on: September 5th, 2022 at 3:08 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया