शनिबार २४ मंसिर २०७९

काठमाडौं –
द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरण र भ्वाइसकै सञ्जु मोक्तान अहिले प्रेममा रहेका छन् । यो जोडीको प्रेम भ्वाइसको प्लेटफर्मबाट अंकुराएको बताइन्छ । यो जोडी प्रेममा परेपछि प्रतिस्पर्धा गर्ने प्लेटफर्म नभइ कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिएको भन्दै फ्यानले बधाइ दिइरहेका छन् ।

द भ्वाइस अफ नेपालको सेटमा भेट भएका उनीहरु विस्तारै नजिकिए र अहिले प्रेममा छन् । केही समयदेखि उनीहरु रिलेसनसिपमा रहेको बताइएको छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक रुपमै स्वीकारेका छन् ।

घुमघाम गरेकोदेखि डेटिङसम्मका रोमान्टिक तस्वीर उनीहरुले सामाजिक संजालमा सेयर गरिरहन् । यो जोडीले चाडै नै बिहे गर्न लागेको बताइएको छ ।


Last Updated on: September 5th, 2022 at 2:32 pm
४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया