शनिबार , माघ १५, २०७८

लोकप्रिय सर्जक भगवान भण्डारीको सृजनामा शान्ति श्री परियार र बिनोद भण्डारीको आवाजमा आयो ‘बत्ती मधुरो’

काठमाडौं । गायक, सर्जक तथा संगीतकार भगवान भण्डारीको सिर्जनामा मौलिक गीत ‘बत्ती मधुरो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा धेरै कलाकारहरु जोडिएर रमाइलो वातावरणमा अभिनय गरेको दृस्य देख्न सकिन्छ ।

गायक भण्डारी आफैँले शब्द रचना र संगीत भरेको गीतमा आवाज भने उनको आफ्नो नभइ अर्का गायक विनोद भण्डारी र गायिका शान्ति श्री परियारले दिएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार भगवान भण्डारीले उतैबाट यस गीत सिर्जना गरेको जानकारी दिए ।

गीतमा मनोज खड्काले संगीत संयोजन गरेका छन् । त्यसैगरी भिडियोमा निर्देशक प्रकाश भट्टको निर्देशन रहनुका साथै अजय रेग्मीको छायांकन तथा विष्णु शर्माको सम्पादन रहेको छ । त्यस्तै उक्त भिडियोमा गायक तथा मोडल रामजी खाँण र रञ्जिता गुरुङको धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।

साथै, मोडल खाँण र गुरुङ सँगै विभिन्न दृस्यमा अन्य धेरै कलाकारहरु पनि देखिएका छन् । अमेरिकामा सिर्जना भएको गीतको भिडियो नेपालको हरियाली वातावरणमा छायांकन गरिएको गायक भण्डारीले बताए ।

लामो समयदेखि गायनमा लागेर लाखौँ दर्शक स्रोतामाझ लोकप्रिय बनेका गायक भण्डारीको यसभन्दा अगाडि ‘फूलमा भमरा’, ‘खैरेनीमा गेट’, ‘चार दिन छुट्टी’, ‘गैरी झरौँला’, ‘बिग्रियो चाल पनि’, ‘गयौ धोका दिएर’, ‘बनमा काँडा छ’, ‘सान्नानीको पछ्यौरी’लगायत धेरै मौलिक गीतले धेरै दर्शक स्रोताको मन जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय