आइतबार , मंग्सिर १२, २०७८

फेरी घट्यो कैलालीको लम्कीमा यस्तो घटना, स्थानीयद्वारा राजमार्ग अवरुद्ध !

कैलालीको लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकले ठ’क्क’र दिएर एक महिलाको मृ,त्यु भएपछि आ’क्रो’सित बनेका स्थानीयले ट्रकमा आ’ग’ज’नी गरेका छन् । उनीहरूले पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्वराज अधिकारीका अनुसार स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी अश्रुग्यास प्रहार गरेकाे छ । तर, पनि स्थिति शान्त बन्न सकेको छैन । अहिले सो स्थानमा सुरक्षाहरू परिचालन गरिएको छ । घ,टनापछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरीलाई नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख अधिकारीले बताए ।

त्यस्तै, दुई सय रुपैयाँमा मानिसको ढुवानी गरिन्छ’ यो सुन्दा अनौठो लाग्न सक्छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत विगतदेखि नै ढुवानी हँुदै आएको छ ।

यातायात अन्तर्गत सवारीसाधन र हवाई मार्गमा हेलिकप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी गर्ने गरिएको छ । पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय