आइतबार , मंग्सिर १२, २०७८

घर जग्गा धितो राखेर बिदेशिएका श्रीमान उतै हराए यता साहुले घरबाट निकाले(भिडियो हेर्नुस)

केही पैसा कमाएर घर परिवारलाई सुख दिने सोचले परिवार छोडेर बिदेशिनेहरु थुप्रै छन अहिले । त्यसरी बिदेशिएका कतिपय भने बिदेश पुगेर घर परिवारको दुख नै बिर्सेर उतै रमाउने गरेका घटनाहरु थुप्रै छन । यस्तै भएको छ हेटौंडा १४ नयाँवस्तिकी गंगा राना मगरको परिवारमा पनि । उनका श्रीमान केशरकुमार राना मगर करिव १० वर्ष अघि साउदी गएका थिए । तर गए देखि नै उनी सम्पर्क बिहिन जस्तै छन । कहिलेकाही फोन सम्पर्क भए पनि झगडा गर्ने गरेको गंगा बताउँछिन ।

१० वर्ष अघि जग्गाको लालपुर्जा धितो राखेर साउदी गएका केशर कुमार मगरले अहिले सम्म जग्गा उकास्ने पैसा त परको कुरा घरमा एक रुपैया खर्च पनि नपठाएको गंगा बताउछिन । श्रीमान बिदेश गए देखि अहिलेसम्म घर पनि नआएको उनले बताएकी छिन । श्रीमान सगैँ एउटै कम्पनिमा गएका गाउँका अन्य दुई जनाले मासिक ३०/४० हजार घरमा पठाउने गरेता पनि आफ्नो श्रीमानले भने कहिले पनि पैसा नपठाएको गंगा बताउँछिन । श्रीमान घरमा सम्पर्क पनि नगर्ने गरेको उनको भनाई छ ।

श्रीमान सगैँ गएका अन्य दुई जना दुई वर्षमा घर आएता पनि श्रीमान भने न आएको उनको भनाई छ । उनी सगै गएर आउनेले आफुहरुले सम्झाएको भए पनि सम्झाउदा तिमिहरुलाई के चासो भन्दै झगडा गर्न खोज्ने गरेको उनिहरुले आफुलाई बताएको गंगाको भनाई छ । आफुले फोनमा सबैले पैसा पठाउँछन आफ्नो त ऋण पनि छ तिर्नु पर्छ भन्दा जस्ले पैसा पठाउँछ उसैसगँ पोइला जा भन्ने गरेको गंगाले बताईन । दुई छोराछोरी रहेको र तिनिहरुलाई पढाउन खान गार्‍हो भए पनि श्रीमानले पैसा नपठाएको उनले बताईन ।

साहुले पैसा नतिर्ने भए घर छोड भन्दै आउने गरे पछि आफुले कुबेतमा रहेकी आफ्नी बहिनिसगँ पैसा मागेर जग्गा उकासेको उनले बताईन । बहिनिको ऋण तिर्न आफू छोराछोरी छोडेर कुबेत गएको उनले बताईन । तर कुबेत पनि दुई वर्ष बसे पछि आफ्नो हात भाचिएर फर्किनु परेको उनको भनाई छ । जसतसो ऋण तिरेता पनि अब अहिले घरमा छोराछोरीको पालनपोषण तथा उनिहरुलाई पढाउन समस्या भएको उनले बताईन । अरुले भने अनुसार श्रीमान नेलाल आउँदै जाफै गर्ने गरेको सुनेको उनले बताईन । अब श्रीमानलाई नेपाल फर्काउन सहयोगका लागि आफू मिडियामा आएको उनले बताईन । (भिडियो हेर्नुस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय