आइतबार , मंग्सिर १२, २०७८

ईन्द्रेणी टीमसहितको पहिलो म्युजिक भिडियो छोटो समयमै भाइरल भयो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक बालचन्द्र बराल , गायिका डिला बिक , बिजय सुनाम , अनु पोख्रेल र गायिका मनमाया वाइबाको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार राजु केसीको शब्द सिर्जनामा बहुप्रतिभाका धनि बिजय सुनामको लय संकलनमा बालचन्द्र बरालको लोक दोहोरी एल्बम पानि तरर बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ निर्देशन तथा कोरियोग्राफी भने अमर सुनार ( म्याक्स ) ले गरेका छन भने दिपेब्द्र भट्टले उक्त गीतको छायांकन गरेका छन् र पदम सुबेदीको सम्पादन रहेको छ। उक्त गीतमा इन्द्रेणिमा आबद्द रहेका सम्पुर्ण कलाकारहरुको अभिनय तथा सहभागिता रहेको छ।

उक्त भिडियोलाई बालचन्द्र बरालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ। उक्त गीतको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय