आइतबार , मंग्सिर १२, २०७८

निको भएर मेरी बास्सैमा फर्किइन् चम्सुरी,मुलाको साग भक्कानिएर रो’ए(भिडियो हेर्नुहोस्)

विगत लामो समयदेखि दुवै मृगौला खराब भैसकेपछी अस्पतालमा उपचार गरिरहनुभएको पल्पसा डंगोल (चम्सुरी)आज मेरी बास्सैमा फर्कनुभएको छ।बिरामी भएर अस्पतालमा छ्टपटिएर बसिरहनुभएकी पल्पसा डंगोल कतै पुरानै अवस्थामा फर्केर दर्शकहरूलाई हसाउन सक्दिनकि भनेर पनि चिन्तित हुनुहुन्थ्यो।

आज त्यीनै चम्सुरी करोडौं दर्शकको आशीर्वाद, मिडिया कर्मी,समग्र मेरी बास्सै परीवारको आशीर्वाद र उहाँहरूले भगवानसँग गर्नुभएको प्राथनाले उनी ठीक भएकी छिन्।भगवानले यतिबेला हामी सबैको प्राथना सुनिदिनुभएको छ।चम्सुरीलाई आफ्नै परीवारबाट मृगौला मिलिसकेको र अब प्रत्यारोपण मात्रै गर्न बाँकी रहेको र सो कार्य पनि छिटै हुने उहाँले बताउनुभएको छ।

लामोसमयपछी चम्सुरी मेरी बास्सैमा फर्किएपछि खुसीले धेरै कलाकारहरूको आँखा खुसीले भरिएका थिए।सहयात्री चम्सुरीको बेग्लै रुप देखेपछि कलाकार मुलाको साग खुसीले रोएका पनि थिए।अन्त्यमा चम्सुरीले मिडिया हबका संचालक सोम धिताललाई सम्झीइन्।आफू अचेत अवस्थामा अस्पतालमा रहँदा मिडिया हबका संचालक सोम धितालले निकै सहयोग गर्नुभएको थियो।

चम्सुरीले जाँदा जाँदै सबै कलाकारहरूको भलो र मिडिया हबको उन्नति र प्रगति पनि व्यक्त गरिन्।अन्त्यमा चम्सुरीले सबैलाई मेरी बास्सै हेरिदिन पनि आग्रह गरिन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय