शनिबार २४ मंसिर २०७९

जिल्लाको नलगाड नगरपालिका-३ बस्ने ६७ वर्षीया ओमकुमारी थापालाई प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध चरेश मुद्दामा जिल्ला अदालत बाँकेको २०७१ मंसिर २५ गते उनलाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको थियो। तर उनी फरार हुँदै आएकी थिइन्। गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो।

पक्राउ परेकी थापालाई जिल्ला अदालतमा उपस्थित गराई आइतबार नै अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले बताए।


Last Updated on: September 5th, 2022 at 8:16 am
३९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया