आइतबार , मंग्सिर १२, २०७८

पाल्पामा भेटियो दुनियाँ च’कित पार्ने सत्य देबीको यो’नाङ हेर्नुहोस भिडियो

यो पनि :- यूएईमा जारी आईसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज पाकिस्तान र अष्ट्रेलिया खेल्दै छन् । यी दुई टोली बीचको खेल खेल साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।जारी विश्वकपमा पाकिस्तान समूह ‘२’ बाट पाँच खेलमा अ पराजित रहँदै सेमिफाइलमा पुगेको हो । उसले भारत, न्यूजिल्याण्डसहित ५ टोलीलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अष्ट्रेलियाले सुपर-१२ मा पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा हार बेहोरेको थियो । उसले इंग्ल्याण्ड विरुद्ध मात्र हारको सामना गरेको थियो ।हाल सम्म अष्ट्रेलियाले टी-२० विश्वकप उपाधि जित्न सकेको छैन । ऊ एक पटक मात्र फाइनलमा पुगेको छ । उसले सन् २०१० को विश्वकपमा फाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तानले भने टी-२० विश्वकप जितिसकेको छ । उसले सन् २००९ को विश्वकप जितेको थियो । पाकिस्तान पहिलो संस्करणको विश्वकप २००७ मा फाइनलमा पुगेको थियो ।सेमिफाइलमा पाकिस्तानले दुई खेलाडी परिवर्तन गर्न सक्छ । उसले मोहम्मद हफीजको स्थानमा हैदर अली र हसन अलीको ठाउँमा मोहम्मद नवाजलाई मौका दिन सक्छ ।

अष्ट्रेलियाले भने अघिल्लो प्लेइङ-११ लाई निरन्तरता दिने सम्भावना छ । यी २ टिम बीच भएका पछिल्लो चार खेलमा पाकिस्तान र अष्ट्रेलिया दुवैले २/२ खेलमा जित हात पारेका छन् ।पाकिस्तानको सम्भावित–११ : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), फखर जमान, मोहम्मद हफीज/हैदर अली, शोएब मलिक, आसिफ अली, शादाब खान, इमाद वासिम, हसन अली/मोहम्मद नवाज, हरिस रौफ र शाहीन शाह अफ्रिदी ।

अष्ट्रेलियाको सम्भावित–११ : डेविड वार्नर, आरोन फिन्च (कप्तान), मिचेल मार्स, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथ्यू वेड (विकेटकीपर), प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड र एडम जम्पा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय