आइतबार , मंग्सिर १२, २०७८

अस्पताल खाेल्ने याेजना अधुरै रह्याे तिलकको ,जसको सल्यान बस दु’र्घटनामा ज्यान गयो

सल्यानमा आइतबार भएको बस दुर्घटनामा परि १२ जनाको मृ”त्यु भयाे । मृ”त्यु हुनेमा १० महिला र २ जना पुरुष छन् । सल्यानको जयतपानीबाट दुलधारा, खलंगा, श्रीनगर हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान पौने ११ बजेतिर दु’र्घटना भएको हो । दु’र्घटनामा परि २८ जना घा’इते भएका छन् । ८ जनालाइ उपचारका लागि आइतबार नै हेलिकप्टरमार्फत नेपालगन्ज लगिएकाे छ ।

ज्यान गु’माउने १२ जनामध्ये ६ जना सल्यान र ६ जना दाङका हुन् । ति मध्ये ज्यान गुमाउने एक थिए तिलक वली ! बिहानै गाउँबाट श्रीनगरसम्म एउटा रिजर्भ गाडी जान लागेकाेले उनि त्यहि गाडीमा हिडे । ‘घरमा आमाले खान पकाउनु भएकाे रहेछ । उनि हतारमा भएकाेले खानै नखाएर हिडेका थिए ।’ तिलकका एकजना आफन्तीले लेकाली अनलाइनसँग भने,’झाेलामा भने बहिनीले बाटाेमा खानलाइ तिहारकाे काेसेली राखिदिएकी थिइन् ।’ तिलककाे घर सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखाेला गाैरेमा पर्छ ।

उनले भर्खरै फार्मेसी पढेर सकाएका थिए । दाङमा काेठा लिएर बस्ने उनि केहि दिन अघि तिहार मान्न घर आएका थिए । उनले दाङबाटै बिहे गरेका छन् । तीन महिना अघि मात्रै उनकाे छाेरी जन्मिएकी थिइन् । श्रीमती तिहार मान्न माइत (दाङ) भएकाले उनि श्रीमती ल्याउने भनेर आइतबार बिहान घरबाट हिडेका थिए । श्रीनगरसम्म रिजर्भकाे गाडीमा गएका उनि श्रीनगर पुगेपछि अंकलकाे हाेटेलमा एकछिन बसेका थिए ।

जयतपानी, खलंगा हुँदै श्रीनगर आएकाे बस देखेपछि उनले गाडी छुट्छ अहिले खान खाना भ्याइदैन भन्दै बसमा बसेका थिए । फार्मेसी पढिसकेका तिलकले दाङमा एउटा अस्पताल खाेल्ने तयारीमा थिए । श्रीमती र आफु उक्त अस्पताल चलाएर जिविकाेपार्जन गर्ने साेचेका तिलककाे घरमा आमा-बुबा र भाइबुहारी छन् । घरकाे सबै जिम्मेवारी उनकै काँधमा थियाे । ती आफन्तीकाअनुसार दाङ बस्दा काेठामा पकाएर खाने अन्य खानेकुरा आमाले लैजा भन्दा तिलकले आफु धेरै दिन दाङ नबस्ने र केि दिन भित्रै घर फर्किने बताएका थिए ।

अमेरिका जाने तयारीका साथ दुवैमा पुगेका उनका भाइ भने यता दाइकाे मृ’त्यु भएकाे खबर थाहा पाएपछि दुवैबाट फिर्ता भएर आउन लागेका छन् । भाइ आएपछि दाहासं’स्कार गर्नेगरी तिलककाे श’व अहिले जिल्ला अस्पताल सल्यानमा राखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय