आइतबार , मंग्सिर १२, २०७८

अमेरिका जाने तयारीमा रहेका भुपेन्द्रको सडकमा दौडाइ दौडाई गरे हत्या : अधुरै रह्यो अमेरिकाा जाने सपना

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने तयारी गर्न केही वर्षअघि काठमाडौं पसे। अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षाको पहिलो चरण पनि पार गरिसकेका थिए उनले। भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए उनी।

बहिनीसँग काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किए। संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो। ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’

बडुवालले भने, ‘भाषा परीक्षामा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

कैलालीमा च,क्कु प्रहारबाट एक युवकको मृ,त्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका -१ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे च,क्कु प्रहारबाट मृ,त्यु भएको थियो।

बडुवालको मृ,त्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताए।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुरको सिद्धार्थ होटेल नजिक दुई समूहबीच झडप हुँदा घ,टना घटेको हो। च,क्कु प्र,हार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय