शनिबार २४ मंसिर २०७९

नेकपा एमालेले आगामी प्रतिनिधि सभा सांसद उम्मेदवारमा गोरखा-२ बाट मिलन गुरुङ (चक्रे)सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

आज आइतबार बसेको क्षेत्र २ को क्षेत्रीय समितिको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।

विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आए चक्रे ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाउँदै आएका छन् । मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्।

याे समाचार पनि पढ्नुहोस्
काठमाडौं। प्रहरीले जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्‍ने ३८ वर्षीय मिना सुब्बा रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो । उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्‍यक्ति १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।


Last Updated on: September 4th, 2022 at 8:47 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया