शनिबार , कार्तिक ६, २०७८

तपाँइहरू पनि DV भरेर अमेरिका जान चाहनुहुन्छ ? सम्पुर्ण जानकारीको लागी यहाँ क्लिक गर्नुहोस

काठमाडौं । सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन आज (असोज २० गते) राति ९ः४५ बजेबाट खुलेको छ । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले आवेदन दिँदा पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न र स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

डीभी भर्दा ध्यान दिनुपर्ने पाँच कुरा :१) डीभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्छ । तपाईंसँग यो योग्यता छैन भने डीभी नभर्नुहोला । नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा सँधैका लागि अमेरिकाको प्रतिबन्ध पनि खेप्नुपर्ने हुनसक्छ ।

२) डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला ।

३) डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो । डिभी भर्दा एकल भरेका

विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

४) डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ६ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला । कुनै तेस्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

५) एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वतः अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिँदा डिभी पर्ने मौका बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

कसरी भर्ने डीभी ?
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ ।

डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ ।

दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डीभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ ।

त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ । sources :Ap Nepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय