शनिबार , कार्तिक ६, २०७८

टिक-टकमा लाइभ बसेरै लाखौ कमाउने अर्की युवती पनि मिडियामा-के भन्छिन् त उनी (भिडियो हेर्नुस)

सामाजिज संजाल टिकटक अहिले अधिकांसको रोजाइमा पर्ने गरेको छ । टिकटकमा कतिपयले आफ्ना कला प्रस्तुत गर्बे गर्दछन । तर यहि सामाजिक संजालबाट लाखौ कमाउनेहरु पनि छन । केही समय अघि सामाजिक संजाल टिकटकबाट नै लाखौ कमाएका अंशु वर्मा भाइरल भाइरल भएका थिए । अहिले त्यस्तै टिकटकबाटै लाखौ कमाउने एक युवती मिडियामा आइकी छिन । उनले टिकटकमा लाइभ बसेर उक्त रकम कमाउने गरेकी छिन ।

टिकटक प्रयोगकर्ता मन्दिरा ढुंगाना लगभग ९ महिना अघिबाट आफुले टिकटकबाट पैसा कमाउन सुरु गरेको बताइन । अगाडि देखि नै टिकटक चलाउने गरेता पनि ९ महिना अघि देखि टिकटक लाइभ बस्न थालेको उनले बताइन । अहिलेसम्म आफुले ७०/८० लाखभन्दा धेरै कमाइसकेको उनले बताएकी छिन । टिकटकमा लाइभ बस्दा अन्य साथिहरुले पठाएको गिफ्टबाट पैसा आउने उनले बताइन ।

कतिपयले भने टिकटकमा मागेर ठगेर कमाउने गरेको पनि भन्ने गरेका छन नि ? भन्ने प्रश्नमा उनले नबुझ्नेहरु र अरुको रिस गर्नेहरुले त्यसो भन्ने गरेको बताइन । मन्दिराले आफुले आर्थिक अभावमा उपचार गर्न नपाएका थुप्रैलाई सहयोग गरेको र अझै त्यस्तो भेटिए गर्ने बताइन । तर पनि कुरा काट्नेहरुले जति कमाए पनि कसैलाई सहयोग नगरेको भन्दै आलोचना गर्ने गरेको बताइन । तर आफुलाई त्यसरी सबैले तिर देखाउन मन नलाग्ने गरेको उनको भनाई छ ।

सहयोग गरेको देखाएमा अलिकति सहयोग गरे जस्तो गरेर चर्चा कमाउन देखाएको भन्ने र यदि नदेखाइ गरेमा केही नगरेको भन्दै कुरा काट्ने गरेको उनको भनाई छ । कुरा काट्नेहरुलाई रोक्न नसकिने भन्दै आफू आफ्नो काम गर्ने र सहयोग पनि परेको ठाउँमा सकेको गरिरहेको र गरिरहने उनके मन्दिराले बताईन । पहिले मोबाईलमा ब्यालेन्स पनि हाल्ने पैसा नहुने मन्दिराको अहिके लाखौ पैसा बैंकमा भएको उनले बताइन ।

सामाजिक संजाललाई उपयोग गर्न जाने समय बिताउने मात्र हैन त्यसबाट राम्रै कमाउन सकिने उनी बताउँछिन । तर धेरैले यसलाई उपयोग गर्न नजानेकोले समय र पैसा बर्बाद मात्र गरेको उनले बताएकी छिन । अहिले टिकटकमा चर्चा कमाउन विभिन्न अश्लील रुपमा पनि धेरै प्रस्तुत हुने गरेको भन्दै त्यसो गर्दा क्षणिक चर्चा कमाउने हुदाँ आफ्नो इज्जत गुमाउने उनको भनाई छ । त्यो समयलाई राम्रोसगँ उपयोग गरि पैसा कमाउन सक्ने भन्दै त्यतातिर लाग्ने उनको सुझाव छ । एपि नेपाल बाट

भिडियो हेर्नुस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय