शनिबार २४ मंसिर २०७९

टिकटक बनाउने क्रममा लडेर दाङमा एक युवकको मृ-त्यु भएको छ । शनिबार राति करिब ९ बजेतिर टिकटक बनाउने क्रममा मोटरसाइकबाटै भीरमा झरेका युवकको मृ-त्यु भएको हो ।

सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट भीरमा झर्दा उक्त घ-टना भएको प्रहरीले जनाएको छ । मृ-त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा मृ-तक केसी झण्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई रातिनै उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो । तर उनलाई अस्पताल पुर्याइए लगत्तै अस्पतालले मृतक घोषणा गरेको थियो ।

उनी सवार रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी सवार रा ५ ६ ७२३८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालकलाई पनि नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: September 4th, 2022 at 2:38 pm
४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया