शनिबार , अषोज ९, २०७८

कक्षा ७ मा पढेका मन्जितले बनाए हेलिकप्टर, जहाज बनाउने तयारी यस्तो हुदैछ (भिडियो सहित)

कक्षा ७ सम्म मात्रै अध्ययन गरेका रुकुम क्षिवाङका ३७ बर्षिय मन्जित बिकले हेलिकप्टर बनाएकाछन् । १० बर्षे जनआन्दोलन ले पढ्न नपाएको गुनासो गर्दै उनले भने चक्लेट मा आउने फिरफिरे बाटै प्रभावित भएको हुँ । करिव ५ बर्ष भारत बसेका मन्जित ईलेक्ट्रिकल सामानहरु बनाउने पनि गर्दछन् ।

उमेरले ३७ बर्ष नाघेपनि सानैदेखि रहर भएको बताउदै आफुले हेलिकप्टर बनाएको बताउनुभयो । अहिले बिग्रेका मोटरसाइकल तथा फ्रिजहरु बाट विभिन्न उपकरणहरु निर्माण गरिरहेकाछन् । उनले हेलिकप्टरमा मोटरसाइकलको इन्जन, प्लेन पाता, फाइबर, ग्लास र काठ बाट निर्माण गरेको बताएकाछन् ।

उनले यसपछि गुड्ने हवाई जहाज बनाउने लक्ष रहेको समेत बताएकाछन् । हेलिकप्टर बनाउदा १ लाख ८५ हजार खर्च भैसकेको र पुर्ण रुप दिन अझै खर्च लाग्ने बताउनु भयो । हेरौ तिनै ३७ बर्षिय मन्जित बिक संग जनालय टिभिले गरेको कुराकानि :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय