शनिबार , अषोज ९, २०७८

शरीरभरी आलुका दाना जस्तो मासुका फोका र बिमिराले ढपक्कै ढाकिसक्यो(भिडियो हेर्नुहोस्)

खै कसैलाई यस्तो सम्मको जिन्दगी भोग्नुपर्दछ जुन कल्पना समेत गर्न सकिन्न तर आफैंले भोग्नुपरेको छ।थमन बहादुर मगर जो उमेरले ५६ वर्ष पुगेका छन्।उनका ५ छोरा र १ छोरी समेत छन्।कान्छो छोराको पनि उनकै जस्तो शरीरमा बिमिरा पलाउन थालेपछि उपचारका लागि सबैतिर धाइरहेका छन्,लगभग दस लाख जति खर्च भैसक्यो तर पनि उपचार राम्रोसँग हुन सकेको छैन।

उनी १२ वर्षको हुँदा शरीरमा अलिअली देखापरेको बिमिरा अहिले जिउभरी छापो भैसक्यो।अब त उपचार हुने समेत आशा हराइसक्यो।उनी बाटोमा झार उखेल्दै सर-सफाइ गर्दै आइरहेका छन्।उनको लागि धेरै पैसा खर्च गरेर उपचार गर्न पर्याप्त पैसा पनि छैन,यद्यपि छोराको उपचारका लागि भने उनले सबैसँग रिण खोजेर उपचार गरिरहेका छन्।

उनले लगभग १५ वर्षको उमेरमा बिहे गरेका थिए।उन लाई डाक्टरले इण्डियातिर गए उपचार हुने सल्लाह समेत दिएका थिए तर उपचार खर्चको अभावमा उनले उपचार गर्न असमर्थ भए।उनको बिमिरा त्यति चिलाउन त चिलाउँदैन तर सुत्दाखेरी बिजाउने गर्दछ।ठूलो ठूलो बिमिरा दुख्ने समेत गर्दछ तर उनीसँग सहनुको विकल्प नै छैन।

सुरुमा आङबाट पलाउन सुरु गरेको थियो।त्यसपछि बिस्तारै अगाडिको पेट,छाती,घाँटी हुँदै टाउको र शरीरभरी फैलिन थाल्यो।बिस्तारै यसको आकार पनि बढ्दै गयो।उनको अनुहारमा पनि त्यत्तिकै बिमिराहरू देखिन्छन्।उनी बाटो बाटोमा रहेको घाँस काट्दै बाटो सर-सफाइ गर्दै दिन कटाइरहेका छन् र अब त उनलाई ठीक हुन्छु,उपचार होला भन्ने आशा पनि हराइसक्यो।

उनी अब म’रे’पछि मात्रै निको हुनेछ भनेर विश्वस्त रहेको कुरा गर्दछन् जसले हामी जोकोहिको मन भावुक बनाउने गर्दछ।उनीसँग जिटिभी नेपालका पत्रकारले गरेको कुराकानी यसरी प्रश्तुत गरिएको छ,भिडियो हेर्नुहोला।आफूलाई लागेको प्रतिक्रिया समेत यहाँहरूले कमेन्टमा लेखेर र साथै भिडियोलाई सेयर गरेर सहयोग गरिदिनुहोला,धन्यवाद।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय