शुक्रबार , अषोज ८, २०७८

क्षेत्रीको छोरा र राईको छोरीबीच धुमधाम बिबाह,बेहुला भन्छन्,५ दिनमै पट्याएको ३ सय रिचार्ज सकियो(भिडियो हेर्नुहोस्)

ताप्लेजुङ जिल्ला पाथीभरा गाउँपालिका याङ्गुरामा राईको छोरी र खड्काको छोराबीच धुमधामसँग बिहे सम्पन्न भएको छ। नेपाली समाजमा अहिलेसम्म अन्तरजातीय बिबाहलाई मान्यता नदिइरहेको परिस्थितिमा यसरी धुमधामसँग अन्तरजातीय बिबाह हुनु एक नौलो र चुनौतीपूर्ण कुरा हो। साथीले फोन नम्बर दिएर ५ दिनमै पट्याएको भन्दै बेहुला भीम खड्काले जानकारी दिएका छन्।

उनी भन्छन्,”अरु साथीहरूको फोनमै १०- १५ हजार सकिन्छ भने मैले ३ सयको रिचार्जमै केटी पट्याएर बिबाह गर्न सफल भएँ।” अलिक हँसिलो चेहरा गरेका र अलिअली मजाक गर्न मन पराउने उनी अरु साथीहरूलाई समेत अन्तरजातीय बिबाह गर्न सुझाव दिन्छन्। यता बेहुला भीम खड्का आफू राईको ज्वाइँ हुन पाएकोमा खुसी तथा गर्व लागेको बताउँछन् भने बेहुली पनि क्षेत्रीको बुहारी हुन पाएकोमा खुसी रहेको कुरा व्यक्त गर्दछिन्।

बेहुला पक्ष र बेहुली पक्षको पूर्ण समझदारीमा गरिएको यो बिहेमा बेहुलाको आमाले पनि आफू राईको सम्धिनी भएकोमा खुसी लागेको र कुनै पनि खालको गुनासो नरहेको कुरा व्यक्त गर्दछिन्। बेहुलाकी आमाले पनि आफू भन्दा पनि छोराको भविष्य हो उसलाई जे राम्रो लाग्छ त्यही गर्नुपर्छ भन्दै आफ्नो जीवन गुजारा गर्न र गरिखान आफैले हो र उसैको लागि हो भनेर प्रतिक्रिया व्यक्त गरेकी छन्।

यद्यपि कतिपय संस्कार र संस्कृतिको कुरामा भने दुई तिर मिल्नुपर्ने भएकोले केही असहज त हुन्छ तर पनि स्वीकार गरेर एक अर्काको संस्कार मा छिर्नुपर्ने कुरा पनि व्यक्त गर्दछिन्। यता बेहुली अलिअली लजाउँदै बेहुलाले पहिले केही पनि खान्न भनेको थियो तर अहिले चु’रो’ट खाने गरेको थाहा पाएको बताइन् तर बेहुला पनि जोक गर्दै मैले जाँ’ड र’क्सी चाहिँ खान्न भनेको थिएँ चु’रो’ट त पहिले पनि खान्थेँ र अहिले पनि खान्छु भन्छन्। कृपया यस विषयमा तयार पारिएको रमाइलो भिडियोलाई हेर्ननुहोस ईब्राइट नेेेेेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय