बिहिबार , अषोज ७, २०७८

चर्चित गायिका सुनिता बुढाले पहिलोपटक आफ्नै कहानीमा गाइन रुवाउने तीज गीत ‘माइतीको माया’ (भिडियो)

लोकदोहोरी क्षेत्रमा यो समय सबैको मन मुटुमा बसेकी लोकप्रिय गायिका सुनिता बुढा छेत्रीको तीज गीत ‘माइतीको माया’बजारमा आको छ।

सुनिता बुढा छेत्रीले यो पटक भने आफ्नै युटुब च्यानल सुनिता बुढा छेत्री जाबिया बाट उक्त गीत सार्बजनिक गरेकी छिन। लाखौ दर्शकको मनमा बसेकी सुनितालाई सबैको खोजि हुने गर्दछ।उनको आवाजमा सबैले भन्ने गर्छन साच्चिकै जादु छ त्यो देखिन्छ पनि।उनि छोटो समयमै नेपालीहरुको माया पाउने एक गायिका भित्र पार्छिन।

आफै संचारकर्मी रहेर उनले सुर्खेतमा लामो समय काम गरेर राजधानी छिरेकी थिईन सायद त्यहि मेहनतको कारण आज उनकै चर्चा छ दोहोरी क्षेत्रमा। सुनिता बुढा छेत्रीकै आवाज रहेको गीतमा शब्द सुनिता बुढा छेत्री र गङ्गा केसीको रहेको छ भने लय गङ्गा केसीकै रहेको छ।

गीतमा चर्चित मोडल दिपासा बिसी ,चित्र मगरको मौलिक अभिनय रहेको छ भने गीतको भिडियो निर्देशन मानसिङ खड्काले गरेका छन। राजकुमार मगरको सम्पादन रहेको भिडियो निकै उत्कृष्ट देखिन्छ।यो पटक सुनिताले भिडियोमा आफ्नी आमालाई समेत समाबेस गरेकी छिन ।

गीतको समग्र पाटो मौलिकतामा जोडिएको छ।एक चेलीको साचो कहानी भित्र जोडिएको यो गीतले साच्चिकै तीज नारीकै हो र तीज गीत नारीले नै गाउन पर्छ भन्ने एउटा आधार बनाएको छ।सायद त्यसै कारण पनि सुनिताले आफ्नो नया गीतलाइ मौलिकतामा ढालेकी छिन। कान्तिपुरपाटि बाट

हेरौ भिडियो :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय