शुक्रबार , अषोज ८, २०७८

आफ्ना आमा बुबालाई भुटानबाट लखेटेपछी नेपालकै खुदनाबारी शिबिरमा जन्मिएका थिए किरण, १० वर्षको उमेर देखि नै गाउन थालेका थिए

काठमाडौं। किरण गजमेर चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता बनेका छन । शनिबार साझ भएको द भ्वाइसको ग्राण्ड फिनालेमा पब्लिक भोट मार्फत उनि बिजेता भएका हुन् । बिजेता बने संगै उनले २५ लाख रुपैया नगद समेत पाएका छन । गजमेर कोच प्रमोदको टिमबाट फिनालेमा पुगेका थिए । त्यस्तै फाइनलिस्टहरु बैदेशिक शोहरुमा समेज जान पाउने भएका छन।

किरण गजमेरको परिवार भुटान सरकारबाट नि.र्ममताका साथ देश निकाला गरिएका मध्यका हुन् । त्यहाँबाट लखेटिएपछी नेपालमा शरण लिन आइपुगेका थिए किरणका आमा बुबा । उनीहरु नेपाल आएसंगै शरणार्थीको रुपमा खुदनाबारी शिबिरमा रहदा किरणको जन्म भएको थियो । उनको बाल्यकाल शिबिर मै बितेपनि हाल भने परिवारसहित अमेरिकामा रहदै आएका छन । किरण शिबिरमा रहदै १० वर्षको उमेर देखि नै गित गाउदै आएका थिए । उनि अमेरिका गएपनि नेपाली गितसंगीतलाई उत्तिकै माया गरेर त्यसकै सिर्जनामा लागिरहेका थिए।

किरणले जितसंगै आफुले पाएको २५ लाख रुपैया नगद समाजसेवामा खर्च गर्ने घोषणा गरेका छन । आफुले पाएको रकममा थप गर्दै पुर्वमा रहेको शरणार्थी शिबिरमा एक र पश्चिममा कुनै पनि अत्यावश्यक भएको ठाउमा एक गरि दुई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका हुन् । त्यस्तै किरणले केहि रकमको कोरोनाविरुद्दको भ्याक्सिन पनि सहयोग गर्ने बताएका छन । जितपछीको कुराकानीको क्रममा किरणले रवि र आफु दाजु भाई भएको बताएका छन । रबिको आमालाई सम्बोधन गर्दै किरणले भने – ‘रबि मात्र हैन अब तपाईको दुई छोरा भए आमा । मलाई छोरा स्विकार्नु होला ।’ जितेको ट्रफी आफ्नो मात्र हैन रबिको पनि रहेको उनले बताएका छन ।

यस अघि सेमिफाइनलमा द भ्वाइसको फर्म्याट अनुसार चार कोचहरुबाट एक एक जना प्रतिभाहरु फाइनलका लागि छानिएका थिए । टिम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका थिए। टीम प्रमोदबाट सिक्किमका रवि गहतराजलाई उछिन्दै अमेरिकाबाट आएका किरण गजमेर फाइनलमा प्रवेश गरेका थिए । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई उछिन्दै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी थिइन् । त्यस्तै टीम दीपबाट बुटबलका गोविन्द पुनलाई उछिन्दै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका थिए ।

एसएमएस र प्रभु पे मार्फत देश विदेशबाट एक साता गरेको भोटिङका आधारमा ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता घोषणा गरिएको हो । यसअघिको सिजनमा पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । कालापानि पोस्ट डटकम बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय