शुक्रबार , अषोज ८, २०७८

२४ घन्टा नबित्दै जताततै भाईरल बन्यो प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ (भिडियो सहित)

काठमाडौं — नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनकले यति बेला नेपाली सांगेतिक बजारमा निकै छाएको छ विश्व माहामारीख रुपमा फैलिएको कोरोना भाइरसले गर्दा पहिले झै तेती रौनक त छाएको छैन।

तेहि पनी गायक गायिका हरुले भने नेपाली सांगेतिक बजारमा गीत हरु दिन प्रति दिन पस्कि रहेका छन । यतिबेला तिज को सिजन भएको हुनाले कलाकार हरुले तीजकै गीत मात्रै धेरै डिजिटल बजारमा सार्वजनिक गरेका छन ।

यसै बिच पछिल्लो समयका चर्चित गायक प्रकाश शपुतको नयाँ तीज गीत “कुरा बुज्न पर्च” डिजिटल बजारमा सार्वजनिक भएको छ । गीत सार्वजनिक भएको केहि समयमै निकै भाइरल समेत बनेको छ। सार्वजनिक गरेको २४घन्टा न बित्दै गीत यूट्युब ट्रेडिङ मा समेत प्रबेश गरेको छ।

नायिकाद्दय स्वस्तिमा खड्का र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो ‘कुरा बुझ्न पर्च” गायिका समीक्षा अधिकारी र शान्ति श्री परियार सुमधुर आवाज गीतमा रहेको छ l गायक प्रकाश सपुतको शब्द रचना र संगीत गीतमा रहेको छ l भिडियोको सम्पादन प्रवीण भट्टले गरेका छन् l

स्वस्तिमा र आँचलको अलावा भिडियोमा लक्ष्मी गिरी, कालु राणा, कमला रेग्मी,अनिता बस्नेत,सुनिल बिकको पनि अभिनय रहेको छ l भिडियोको कन्सेप्ट तथा निर्देशन प्रकाश सपुतकै रहेको छ l

दर्शक श्रोताले निकै रुचाएको सो गीत हाल हामिले यो समाचार तयार पार्ने बेला सम्म ६लाख ८१ हजार भन्दा बढिले हेरी सकेका छन भने गीत यूट्युबको उत्कृष्ट सुची दुई मा समेत परेको छ । चौतारी म्युजिक बाट

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय