शनिबार २४ मंसिर २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भारतीय अभिनेता अनिल कपुरको चलचित्र नायकको शैलीमा उत्रिएपछि अदालत समेत हच्किएको छ ।

बालेनको कदमपछि जिल्ला अदालत काठमाडौंले २ बर्षदेखि हुन नसकेको काम १ दिनमै गरिदिएको हो । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।

दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्ततः हटाएको हो ।

अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गरे ।

अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उनले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आएका थिए ।


Last Updated on: September 4th, 2022 at 9:09 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया