बिहिबार , अषोज ७, २०७८

६५ तोलाका सुनमान्छे भन्छन्,बिजय शाहीलाई जहाँ भेट्यो त्यहीँ कार्बाही हुन्छ(भिडियो हेर्नुहोला)

शोख पनि खै कस्तो कस्तो ?कलाकार सुबास घिसिङ नै नेपालको पहिलो मान्छे हुन् जसले अनुहार भरी नै सुनैसुन लगाएर हिँड्ने गर्दछन्।उनले शरीर भरी लगाएको सुन लगभग ६५ तोला अर्थात दुई करोड जतिको छ। उनलाई सुन मान्छे भनेर पनि धेरैले चिन्ने गर्दछन्। आखिर किन लगाउँछन् त यीनले यत्रो धेरै सुन ?

उनी केही भिडियो तथा फिल्ममा समेत खेल्ने गरेका छन् र भर्खरै मात्रै उनले आफूसँग आफ्ना बडी गार्ड भन्दै उनका दुईजना भाइहरू पर्नेलाई पनि साथमा लिएर हिँडेका छन्।उनी अहिले अत्यन्तै भाइरल भएर मिडियामा छाइरहेका बिजय शाहीप्रती बोल्दै जहाँ भेटायो त्यहीँ कार्बाही गर्ने बताएका छन्।बिजय शाहीले धेरै पैसा लिएर भा’गेको बिषयमा बोल्दै उनले पैसा फिर्ता गर्नुपर्छ भनेर म’रे’को जस्तो नाटक रचेको पनि बताएका छन्।

सुनलगाएको बिषयमा मिडियासंगको कुराकानीमा उनी भन्छन्,”कहिलेकाही त आफैंलाई नै अचम्म लाग्छ ऐना हेर्दा र सोच्छन् किन मैले यत्रो सुन लगाएको होला!” उनको घरमा जम्मा नौ जना दिदीबहिनी भएको र आफूलाई चाहिँ भगवानले झुक्किएर छोरा मान्छे बनाइदिएको भएपनी आफूलाई छोरी मान्छे जस्तै सुन लगाउने शोख भएको बताएका छन्।

उनलाई कहिलेकाही खाना खाने र सुत्ने क्रममा सुन लगाएको कारणले असहज पनि हुने गर्दछ। खाना खाँदा,मासु चपाउँदा,नुहाउँदा,मुख धुँदा दुखाउने पनि गर्दछ। उनलाई कसैले सुनको लोभले आफूसँग भिडन्त गर्न आएपनी आफू नडाराउने बताएका छन्।एकपटक त उनले दुईचार जनालाई भि’डेर ल’डाइ’दिएको पनि बताएका छन्।

उनले आफूले सुन गिफ्ट गर्दा मिडियामै आएर दिने पनि बाचा गरेका छन्। उनी फोहोर व्यवस्थापनको काममा पनि संलग्न छन्।उनलाई कतिपय मिडियाले फोहोरको थुप्रामा सुनमान्छे भनेर पनि लेखिदिएको बताए। कृपया उनीसँग गरेको कुराकानी रोचक छ। उक्त कुराकानीलाई अन्त्यसम्म हेर्नको लागि तल भिडियो सामाग्री दिइएको छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय