शनिबार , अषोज ९, २०७८

भारतिय सेनाको दादागिरी : बिच नदिमा पुगेको तुइन काटेर नेपालीको ह’त्या तर सरकार मौन ! सेयर गर्नुहोला…

दार्चुला : ब्याँस गाउँपालिका २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुईन का’टिदिदा एक जना नेपाली नदीमा बे’पत्ता भएका छन् । सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिह धामी वेप’त्ता भएका हुन् ।

शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउने क्रममा नदीमा तुईन तर्दै थिए । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन का’टिदिएको स्थानीय विक्रसिह धामीले बताउनुभयो । भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन का’टिदियो उहाँले भन्नुभयोे, नदीको बीच भागमा पुग्ने बेला तुइन का’टिएपछि उनी वेप’त्ता भएका हुन् ।

पाँच छ जना स्थानियहरु सामान लिन भारतको बाटो हुदै दार्चुला आइरहेका थियौं धामीले भन्नुभयोे पाच छ जनातुईनबाट भारत तरेका थिए, जयसिह तर्ने बेला एसएसबी पुगेर तुईन का’टिदिए । भारत पांगलमा रहेका एसएसबीले तुईन का’टि दिएका हुन् ।

धामी वेप,त्ता भएपछि अहिले स्थानीय आ’क्रो’शित छन् । म काठमाण्डौ जान आउँदै थिए, विक्रमले भन्नुभयो, हामी नपुग्दै तुइनका’टिदिएपछि उनी वेप’त्ता भए । अहिले खोजी गर्दैछौ ।

नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । तुईनबाट खस्दा बेला बेला यस्ता घ’ट’ना हुने गरेका छन् ।

सरकारले तुईनमुक्त कार्यक्रम अन्र्तगत तुईन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भएपनि पुल निर्माण अलपत्र छ । व्यासका नागरिकहरु खाद्यान्न, औषधी, र आवतजावत यहि तुइनमार्फत आउतजावत गर्दै आएका छन् ।

बेलाबेला एसएसबीले तुइन का’टिदिने गरेको भएपनि स्थानीयले लुकाई छिपीले तुइन लगाउने गरेका छन् । अहिले घट्नास्थलमा प्रहरी र सशस्त्र प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय