शनिबार २४ मंसिर २०७९

“मिति २०७९/०२/२७ गते जाजरकोट नागरिकता बनाउन जाने क्रममा जिप दुर्घटनामा परी ज्यान गुमाएका विधार्थी

देव दर्शन सिंहले भर्खरै प्रकाशित कक्षा १२ को नतिजामा उषा बालबाटिका बाट कर्णाली प्रदेशमै विज्ञान संकाय (जीव विज्ञान समूह) तर्फ उत्कृष्ट GPA ३.७० ल्याई कर्णाली प्रदेशमै प्रथम बनेका छन् । उक्त दुर्घटनामा ज्यान गुमाउने बिद्यार्थी देबदर्शन सिंह र देवदर्शन कि आमा सहित अन्य रहेका थिए ।

लगभग ३ बर्ष देखि यता कोरोना महामारीका कारण विद्यार्थीहरूको पठन पाठन अस्त व्यस्त हुँदा बाध्यात्मक परिस्थितिले गर्दा ३ बर्ष देखि नै कक्षा १२ को बोर्ड परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र राखी सम्पन्न भएका थिए।

तर कोरोनाको प्रभाव कम भए संगै यो वर्ष भने कक्षा १२ को बोर्ड परीक्षा, परीक्षा केन्द्र कायम गरी मर्यादित र व्यवस्थित ढंगले सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

शुक्रबार मात्र उक्त परीक्षाको परीक्षाफल प्रकाशित भयो जसमा पहिलो पटक प्रकाशित कक्षा १२ काे नतिजामा यस कर्णाली प्रदेशकै एक मात्र पुरानो र पहिलो संस्थागत विद्यालय उषाबालवाटिका मा.वि ले ३ जना A+ सहित विज्ञान संकायमा ३.७१ (बिक्रान्त जंग बुढा) र

३.७० ( देव दर्शन GPA ल्याई कर्णाली प्रदेशमै क्रमश प्रथम र द्वितीय हुन सफल भएको छ भने साथै छात्रा तर्फ पनि यस कर्णाली प्रदेशमै विज्ञान संकायमा छात्रा तर्फ ३.६७ GPA ल्याई दीपा चपाइ प्रथम हुन सफल भएकी हुन भने ३.५८ GPA ल्याई जानकी बुढा द्वितीय भएकी हुन ।”


Last Updated on: September 4th, 2022 at 8:00 am
१०९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया