शनिबार २४ मंसिर २०७९

रुसले युक्रेनमा आक्रमण थालेको ६ महिना पुरा हुन लागेको छ। तर युद्ध रोकिने कुनै छाँटकाँट देखिएको छैन।

युद्धका क्रममा रुस र युक्रेन दुवै तर्फका हजारौं सेनाले ज्यान गुमाइसकेका छन्। सैन्य क्षमताको हिसाबले रुस युक्रेनभन्दा धेरै शक्तिशाली छ। उसँग शक्तिशाली अत्याधुनिक हतियारहरु छन्।

यद्यपी युक्रेनले कडा प्रतिकार गरिरहेको छ। अमेरिका, बेलायत लगायतका पश्चिमा राष्ट्रबाट लगातार हतियार पाइरहेकाले युक्रेनले रुसी सेनालाई रोक्न सफल भइरहेको हो।

गत फेब्रुअरी २४ मा जब रुसले युक्रेनमा आक्रमण थालेको थियो त्यसबेला रुसले भनेको थियो,‘यदी विदेशी सेना युक्रेनको भूमिमा प्रवेश गरे हामी त्यस्ता देशलाई सबैभन्दा नराम्रो परिणाम चखाउनेछौं।’

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आफ्ना डिटरेन्ट फोर्सलाई हरेक समय तयार हुन निर्देशन दिएका थिए। डिटरेन्ट फोर्सले परमाणु हतियारलाई प्रयोगमा ल्याउन सक्छन्।

यसको अर्थ पुटिनले युक्रेनमा सेना पठाउने देशमा परमाणु हमला गर्नसक्ने अनौपचारिक रुपमा चेतावनी दिएका थिए। त्यसयता विश्वमा परमाणु युद्ध हुनसक्छ भनेर त्रास बढेको छ।


Last Updated on: September 3rd, 2022 at 8:33 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया