शनिबार २४ मंसिर २०७९

नब बिबाहित जोडी पुर्ब खोटाङ्गबाट विबाह गरेर रोल्पा आएकी पार्वती र उनका श्रीमानको रे टे र ह त्या (भिडियो सहित)

रोल्पाको माडी गाउँपालिका ३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका २ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती ३७ वर्षीया पार्वतीको हत्या भएको हो ।

भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । हत्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए ।


Last Updated on: September 3rd, 2022 at 7:19 pm
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया