शनिबार २४ मंसिर २०७९

झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका- ५ निवासी ३४ वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार साँझ ५ बजेर ४० मिनेटको समयमा मेचीनगर नगरपालिका- ९ स्थित थोप्लेविरान सामुदायिक वन जाने भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो ।

वनभित्रबाट निस्किएको हात्तीले उनलाई सडकमै आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएको र उनको उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको डीएसपी पाठकले बताए ।

चार दिन अघि मात्र जंगलीको हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका- १ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीको मृत्यु भएको थियो ।


Last Updated on: September 3rd, 2022 at 6:09 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया