शनिबार २४ मंसिर २०७९

रुपन्देहीमा एक युवकले गर्भवती प्रेमिकाको ह त्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ।

दुई वर्षपहिले सैनामैना नगरपालिका ११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृ त भेटिएकी युवतीको हालै सनाखत भएको हो। उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।

ह त्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको ह त्या गरेको प्रहरीले जनाएको छ। कुमारी विवाहित हुन्। उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ।

गर्भपतन गर्न नमान्दा काशीरामले हत्या गरेको प्रहरीको दाबी छ। तर ह त्या भएको दुई वर्षसम्म पनि शवको सनाखत हुन नसक्दा हत् यारा पत्ता लाग्न सकेको थिएन।मिति २०७७ माघ १० गते दिउँसोको फायरलाइन जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको श व फेला पारेका थिए।


Last Updated on: September 3rd, 2022 at 6:00 pm
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया