शनिबार , अषोज ९, २०७८

भारतको गोरखपुर जान्छु भनी हिडेका युवा ६ दिन देखि सम्पर्क विहिन : खोजि गरिदिन परिवारको अनुरोध

कैलाली : कैलालिको जोशिपुर गाउपालिका वडा नं ५ घर भएका अन्दाजि बर्ष २९ का कन्न सोडारी ६ दिन देखि सम्पर्क बिहिन भएकाछन् । काम गर्न भारतको गोरखपुर जान्छु भनी साउन ४ गते घर बाट निस्किएका उनी एकाएक सम्पर्क बिहिन भएकाहुन ।

भारतको गोरखपुर जान्छु भनी हिडेका कन्न सोडारीले घरबाट रु २५ सय नेपाली मात्रै लगेर गएका परिवारस्रोतले बताएकाछन् । गोरखपुरमा रहेका आफन्तले आफू कहाँ नपुगेको भन्दै खबर गरेपछि घरपरिवारमा चिन्ता थपिएको हो । सामान्य लेखपढ पनि नजानेका कन्न पहिले पनि गोरखपुर तथा मुम्बई सम्म पुगेर फर्किएका थिए । तर यो पटक भने उनी एक्लै जान्छु भनी हिडेका थिए ।

घरपरिवारले भने अनुसार तेस्तो केहि झैझगडा नभएको र घरबाट राम्रै संग गएका बताईएकोछ । लामो अनुहार भएको गहुगोरो वर्ण भएको बोल्दा अलि अड्केर बोल्ने मान्छे कहि कतै भेटाउनुभयो भने तलको नम्बरमा सम्पर्क गर्नुहोला अथवा नजिकै रहेको प्रहरी कार्यलयमा सम्पर्क गरी बुझाइदिनुहोला ।

सम्पर्क : टंक सोडारी भाइ (भारत) 9974583161
भक्त सोडारी बुवा (नेपाल) 9811685832

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय