शुक्रबार , अषोज ८, २०७८

हार्दिक बधाई ! अर्पण शर्माले राखे नयाँ किर्तिमानि : १ मिनेटमा क्रमश ८३ बस्तुको नाम स्मरण गरे

मेरोरी किंग भनेर आफुलाई चिनाएका अर्पण शर्माले अर्को किर्तिमानि राखेकाछन् । अर्पण शर्माले क्रमश १ मिनेटमा ८३ वटा बस्तुको नाम स्मरण गरेर नया रेकर्ड कायम गरेका हुन । यश अघि शर्माले क्रमश ४२ वटा बस्तुको नाम स्मरण गरेर पहिलो किर्तिमानि राखेका थिए । यो संगै शर्माले आफ्नो नाममा दुई वटा किर्तिमानि लेखाउन सफल भएकाछन् । शर्माले आफ्नो फेसकुकमा यस्तो लेख्दै भनेकाछन् :

आदरणीय सबै शुभचिन्तकहरु माझ न्यानो अभिवादन टक्र्याउंछु ।

आज एउटा खुशीको खबर सुनाउन चाहन्छु । मैले १ मिनटमा ८३ वस्तुहरुको क्रम सफलतापुर्वक स्मरण गरेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको छु । यो सफलताको जानकारी गराउन पाउँदा मैले गौरव महसुस गरेको छु ।

मैले नयाँ रेकर्डका लागि २०७८ साल असार २६ गते झापाको भद्रपुर स्थित विरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति राख्न सफल भएको छु । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पुलिस भद्रपुरका निरीक्षक (इन्स्पेक्टर) तथा विशिष्ट अतिथिको रुपमा लायन्स क्लब भद्रपुरका अध्यक्ष हुनुहुन्थ्यो। यो रेकर्डका लागि मैले १ मिनटमा ८३ वटा वस्तुको क्रम स्मरण गर्न सफल भएको छु । सोहि दिन पहिलो पटकको प्रयासमा मैले ८३ मध्ये ८१ वस्तुको स्मरण गर्न सफल भएको थिए । दोस्रो प्रयासमा ८३ मा ८३ नै वस्तुको क्रम स्मरण गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो सबै प्रमाणहरु पेश गर्न लागेको छु ।

म केहि कुराहरु स्पष्ट गर्न चाहन्छु:

यो मेरो सफलता गिनिज बुकले भेरिफाई गरेपछि मात्रै आधिकारिक हुनेछ । गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र (Certificate) नआईन्जेल सम्म यो “Unofficial Record” नै रहन्छ । प्रयास सफल हुनु र आधिकारिकता पाउनु फरक कुरा हुन् । हुन त कुनै पनि कुरा जुन सुकै समयमा सफलतापूर्वक गर्न सकेपछि कसैको आधिकारिकता चाहिदैन भन्ने कुरा आउला, तर त्यस्तो बुझाईले पछि गएर समाजमा भ्रमहरु श्रृजना गर्न सक्छ । गिनिज बुकले आफ्नो वेबसाइटमा कुनै पनि रेकर्ड प्रमाणित गरेर सर्टिफिकेट आउन कम्तिमा ३ महिना समय लाग्छ भनेको छ । यो ३ महिनाको बिचमा हरेक process को update म तपाईहरुलाई दिनेछु । गिनिज बुकको Guidelines र नियमहरु एकदमै धेरै लामो र strict हुन्छ, कुनै एउटा Guideline छुट्दा रेकर्ड प्रमाणित नहुने सम्भावना पनि रहन्छ । हामीले यसपाली सबै Guidelines हरु राम्ररी पालना गरेका छौं । प्रमाण पत्र आउँछ भन्ने कुरामा म विश्वस्त छु । जस्तो सुकै परिणाम आए पनि यो विधाको गिनिज वर्ल्ड रेकर्डको Certificate म कुनै पनि हालतमा ल्याएरै छोड्छु भन्ने सबै शुभचिन्तकहरु माझ वाचा गर्दछु ।

तपाईहरुको साथ, सहयोग र मायाले मैले स्मरण विधामा विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भईसकेको यहाँहरु सबैलाई सर्वविधितै छ । सन् २०१५ मा “Longest Sequence Of Objects Memorized In One Minute” विधामा मैले एक मिनटमा ४२ वटा वस्तुहरुको क्रम स्मरण गरेर सोहि विधाको सबै रेकर्डहरु तोडी नयाँ कीर्तिमानी कायम गरेपछि गिनिज बुकले मलाई प्रमाण पत्र प्रदान गरी मेरो नाम दर्ज गरेको थियो । सो प्रमाण पत्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रम माझ मलाई हस्तान्तरण गर्नु भएको थियो ।

हजुरहरु सबैको साथ, सहयोग र हौसलाले प्रगतिको पाईलाहरु चाल्न सफल भएको छु । चाडैं नै अर्को विश्व रेकर्डको लागि तैयारी गर्दैछु । समस्त नेपालीहरु माझ वाचा गर्दछु, दुवै स्मरण शक्तिको गिनिज बुकको सर्टिफिकेट नेपाल नै लिएर आउनेछु । चाहे यसको लागि जति सुकै साधना, तपस्या, ध्यान र मेहनत गर्नु परोस्, म यो वाचा पुरा गरेरै छोड्ने छु । नेपाललाई विश्व सामु बौद्धिक विधाहरुमा चिनाउने क्रम जारी नै रहनेछ । हजुरहरु सबैको आशीर्वाद चाहन्छु । धन्यवाद ।

अर्पण शर्मा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय