शनिबार , अषोज ९, २०७८

बन्यो पुजा देवकोटाको यति राम्रो घर : पुजाको अनुहारमा खुसियालि (हेर्नुस भिडियो )

बाल गायिका पुजा देवकोटाको नया घर बनेको छ । २०७८ जेठ महिनाको २५ गते पुजाको परिवारलाई घर हस्तान्तरण गरीएक‍ो हो । करिब २/३ बर्ष देखि पुजाको घर बनाउछु भनेर लागेका सामाजिक अभियानता जनक सुनारको पहलमा पुजाको घर बनेको हो ।

धेरैले पुजाको घर बनाउने आश्वासन दिएपनि केहि बर्ष देखि पुजा देवकोटाको परिवार काठे घरमा बस्दै आएका थिए । बर्षामा पानी जम्ने, सर्पको डर हुन्थ्यो अहिले हामिले घर पाएकाछौ भन्दै पुजा देवकोटाको सहयोग गर्ने सम्पुर्ण मनकारी नेपालिहरु लाई सम्झदै धन्यवाद दिईन् ।

उमेरले सानै भएपनि उनको गित गाउने कलाले सबैलाई छक्क पारीन् । केही समय पुजाको गित सुन्ने दर्शकहरु निकै थिए तर अहिले त्यो क्रेज कम भएको छ । २/३ बर्ष यता युट्युब मार्फत धेरै बालकलाकार का प्रतिभाहरु बाहिर आए र आफ्नो प्रस्तुतिले दर्शकको मन पनि जितेकाछन् । तर पुजा देवकोटाको पनि उत्तिकै मीठो र कर्णप्रिय आवाज हुदाहुदै पनि उनी पछाडि परेकिछन् ।

सामाजिक अभियानता जनक सुनारले केही समय अघाडि काठमाडौं लगेर गित पनि रेकर्ड गराएका थिए । गरिब परिवारमा जन्मेकि पुजामा होनहार प्रतिभा हुदाहुदै पनि उनी लुकेर बस्नुपर्ने अवस्था छ । खान, लाउन पनि धौधौ पर्ने पुजा देवकोटाकि आमा छोराछोरी पाल्न, पढाउन दाउरा बेचेर, ज्वाला मजदुरी गरेर परिवारको जिविको पार्जन गरिरहेकिछन् ।

हेर्नुस् पुजा देवकोटाको नया घर बने संगै आएको खुसियालीको भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय