शुक्रबार , अषोज ८, २०७८

आफ्नै श्रीमति र छोराले ओठको सिलाई गरे, त्यसपछि हातखुट्टा बाँधेर जिउँदै फालिदिए

आफ्नै छोरा र श्रीमति मिलेर एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलाई गरी रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले सिलेर पटरीमा फालिएको अवस्थामा भेटिएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बुधबार बिहान सिगसिगीस्थित रेल्वे पटरीमा बाँधिएको अवस्थामा भोला राम भेटिएको हो । उनको मुख सिलिएको अवस्थामा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

पलामु जिल्लाको उँटारी रोड थानाको भीतिहारा गाउँको मँझलीघाट टोल बस्ने भोला राम राती पिसाब फेर्न बाहिर निस्केको बेला केही जनाले उनलाई समातेर लगेको बताएको छ । प्रहरी समक्ष दिएको बयानमा उनले केही जनाले उनलाई उठाएर लगेको थियो ।

भोलाले पहिलो श्रीमतिबाट जन्मेका छोरा र दोस्रो श्रीमति सबिता देवीले मिलेर अन्य केही जनासहित उनलाई कुटपिट गर्नुका साथै मुख समेत सिलाई गरिदिएको हो ।

कुटपिट गर्दै जबरदस्ती भोलाको मुखलाई सिलाई गरी राती करिब ११ बजेको समयमा रेल्वे पटरीमा डोरीले उनको हातखुट्टा बाँधेर पटरीमा फालिदिएको बताए । विहान करिब ५ बजे स्थानीयहरु खेततर्फ जाँदा उनलाई देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

भोलालाई रेल्वेको पटरीसँग बाँधिएको देखेपछि स्थानीयहरुले गाउँलेहरुलाई बोलाउनुको साथै प्रहरीलाई समेत जानकारी गराएको थियो । तुरुन्तै आएको प्रहरीले उनलाई पटरीबाट खोलेर स्थानीय क्लीनिकमा लगी सिलिएको मुखको धागो काटेको थियो ।

जानकारी अनुसार, केही महिनाअघि भोला र उनकी श्रीमति सबिता देवीबीच विवाद भएको थियो । त्यसपछि गाउँमै पँचायत पनि भएको थियो तर, सबितालाई राहत नमिलेपछि उनले यस्तो गरेको हुन सक्ने बताइएको छ ।

भुक्तभोगी बनेका भोलालाई उनकै छोरा र श्रीमतिले उनको मुखलाई सिलाई गरी बाँधेर रेल्वे पटरीमा फालिदिएका थिए । पहिलो श्रीमतिको मृत्यूपछि गत सन् २०१० मा उनको अर्को विहे भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय