शुक्रबार , अषोज ८, २०७८

‘हेर्ने कथा’बाट भाइरल भएका भोजपुरका सेन्मीखाले गरे बिवाह

भोजपुर । चर्चित सञ्चारकर्मी विद्या चापागाईंद्धारा सञ्चालन हुने लोकप्रिय स्थलगत दृष्य कार्यक्रम ‘हेर्ने कथा’बाट चिनएका सेन्मीखा राई वैवाहिक बन्धानमा बाँधीएका छन् । भोजपुर चखेवा भन्ज्याङका सेन्मीखाको बारेमा केही महिनाअघि हेर्ने कथाको टोली पुगेर भिडियो छायाङ्कन गरेसँगै उनी चर्चामा आएका थिए ।

सामाजिक सञ्जालभर ततिएका उनी कैयौँ ठूलो युट्युब च्यानलहरुमा समेत ट्रेन्डिङमा बस्न सफल भएका थिए । उनले बिवाह गरेपछिको एक तस्वीर सार्वजनिक भएको छ । किराँत परम्पराअनुसार बिवाह गरेका दम्पतीले सार्वजनिक गरेको फोटामा सेतो टीका लगाएइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको दम्पती तस्वीरमा हजारौँले शुभकामना दिइरहेका छन् । जेठो खबर बाट

यो पनि पढ्नुस् : झापा । हुनत अहिले विज्ञानको जमाना २१ औँ सताव्दीको कुरा गछौँ हामी । जहाँ भुतप्रेत मृतआत्मा केही हुदैन भन्ने हाम्रो साँैच हुन्छ र यी सबै हुन्छ भन्ने व्यक्तिलाई अहिले कसैले विस्वास गर्नेवाला पनि छैन । तर, भर्खरै एउटा भिडियो भाईरल भएको छ । घटना हाम्रै नेपाल त्यो पनि झापाको दुँधे भन्ने ठाउँको हो । मृतआत्मा अर्थात किचकण्डीले आफूलाई बियर खुवाएको र चिहानघारीमा लगेको दाबी गर्दै एक युवकले दिएको अन्तरवार्ता अहिले बिभिन्न सामाजिक सञ्जालमा भाईरल भएको छ ।

काठको लकडीसम्बन्धी मजदुरी गर्ने ती युवक आफू बस्ने कोठादेखि १५ मिनेटको बाटोमा पर्ने एक पसलमा रिचार्जकार्ड किन्न राती बाहीर बिस्कन्छन् । उनको नाम सुजन तामाङ हो । १७ वर्षीय सुजन पसलमा पुग्छन् । त्यहाँ एक अपरिचित युवती हुन्छिन् ।

पसलमा युवती देखेपछि सुजनले सोध्छन् । ‘दिदी रिचार्जकार्ड छ ?’ जवाफमा ती युवतीले भन्छिन्, ‘रिचार्जकार्डत छैन भाई यहाँ बियर छ बियर खाऊ ।’ युवतीको कुरा सुजनले अस्वीकार गर्छ तर पटक पटक कर गरेपछि एउटा बियर सुजनले पिउछन् । त्यसपछी अर्को बियर पनि पिउनका लागि ती युवतीले सुजनलाई कर गर्छिन् । सुजनले उसैगरी अर्को बियर पिउछन् ।

सुजनले भिडियो अन्तरवार्तामा भने अनुसार बियर खाइसकेपछि उनी आफ्नो कोठातिर जान मुख्य सडकमा निस्कीए बोल्दै बोल्दै । तर ती युवतीले राती डर सुजनलाई डर लाग्नसक्ने र आफूले घरसम्म छोडीदिने भन्दै पछि पछि लागिन् ।

त्यसपछि सुजन र ती युवती जसले पहेलो रङ्को टिसर्ट र कालो सुरुवाल लगाएकी थिइन् । ती युवतीले सुजनलाई पसलदेखि घर (कोठा)सम्म छोडीदिने भनेपछि दुवैजना गफ गर्दै अगाडि बढे । तर केही मिनेट पुगेपछि सुजनको मन एक्कासी बदलीयो । उनलाई मुख्यरोडबाट भित्री सडकतिर हिड्ने मन भयो ।

उनी उतैतिर लागे । जहाँ ५ मिनेट हिडेपछि चिहानघारी पुगिन्थ्यो । तर, सुजनलाई थाहा थिएन कि म कहाँ गइरहेको छु । एक्कासी सुजनले विद्यार्थी पोषाकमा लगाइने टाई भुईमा लडीरहेको देखे । उनी झस्कीए । दिउँसो लकडी काट्दा उसले त्यो टाई चिहान माथि देखेका थिए । त्यसपछि सुजन झस्कीए । फास्ट अनलाईन टिभी नामक एक युट्युब च्यानलले उनै सुजनको अन्तरवार्ता भिडियो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय