शनिबार , अषोज ९, २०७८

हार्दिक बधाई : ईन्द्रेणीका बाल कलाकार राष्ट्रिय पुरस्कार बाट सम्मानित

महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको सृजनशील बाल प्रतिभा पुरस्कारबाट सोमबार सिहदरवारमा भएको कार्यक्रमा इन्द्रेणीका तीन बाल गायक गायीकालाई एक साथ सम्मान गरेको छ ।

महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालयले बिभिन्न बिधाहरुमा प्रथम पटक सृजनशील बाल प्रतिभा पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा बिज्ञान बिधामा प्रदेश नं.१ बाट आकृती ओझा, गायन बिधामा बागमती प्रदेशबाट कमला घिमिरे, शुदुर पश्चिम प्रदेशबाट मिलन टमटा, लुम्बिनि प्रदेशबाट जिया भुषाल, समाज सेवा बिधामा गण्डकी प्रदेशबाट प्रिन्सा रेग्मी, र छाउपडिको बिधामा प्रदेश नं.२ बाट नेहा स्वाहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माननीय मन्त्री लिलानाथ श्रेष्ठको हातबाट प्रति ब्यक्ती रु ५० हजार नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।

मन्त्रालयकी सचिव यम कुमारी खतिवडाले कार्यक्रममा बोल्दै सृजनशील बाल प्रतिभा पुरस्कारको उदेश्य प्रतिभावान बालबालीको क्षमता बृद्धिको निमित्त प्रथम पटक उक्त पुरस्कार आयोजना गरेको बताउनु भयो । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम इन्द्रेणीले पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ ।

संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ । साथै इन्द्रेणी कार्यक्रमले लोक गित संगित , कला संस्कृती, समाज सेवामा निरन्तर अगाडि बढीरहेको इन्द्रेणीले सृजनशील बाल प्रतिभा पुरस्कार कार्यक्रम संचालन गर्न इन्द्रेणीले प्रतिभावान बालबालीको बिकासमा महत्व पुर्ण भुमीका निर्भाह गर्नु भएकोमा इन्द्रेणीका संचालक कृष्ण कंडेललाई बिषेश धन्यबाद ब्यक्त गर्नु भएको छ । ईन्द्रेणी समाज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय