शनिबार २४ मंसिर २०७९

भिडमा उनीनजिकै पुगेर गोली प्रहार गर्न लागेका एक व्यक्ति पक्राउ परेका छन्। टाउकोतिर ताकेर गोली प्रहार गर्न लागिएको भए पनि सन्दिग्ध आक्रमणकारीको बन्दुक जाम भएपछि उनी जोगिइन्।

भ्रष्टाचारको मुद्दामा परेकी उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नर पहिला देशकी राष्ट्रपति थिइन्।

उनी आफ्ना समर्थकहरूलाई अभिवादन गर्न आफ्नो निवासबाहिर निस्किएको बेला उक्त घटना भएको हो। पक्राउ परेका ३५ वर्षीय व्यक्ति ब्रजिलका नागरिक भएको बताइएको छ। उनले बोकेको ह्यान्डगनमा पाँचवटा गोली भएको राष्ट्रपति अल्बर्टो फेर्नान्डिसले बताएका छन्।

को हुन् फेर्नान्डिस डे कीर्च्नर?
फेर्नान्डिस डे कीर्च्नर वामपन्थी नेत्री हुन्। उनी सन् २००७ देखि २०१५ सम्म देशकी राष्ट्रपति थिइन्।

त्यसअघि उनका पति राष्ट्रपति हुँदा उनी चार वर्ष देशकी ‘प्रथम महिला’ थिइन्। ती व्यक्तिले उनीमाथि किन आक्रमण गर्न लागेका थिए भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा भिडको बीचबाट उनलाई बन्दुक ताकिएको देखिन्छ। सुरुमा उनी के भइरहेको छ भन्ने छुट्ट्याउन नसकेर छक्क परेको देखिन्छ।

अर्को भिडिओमा भिडमा भएका अरू मानिसले उपराष्ट्रपतिलाई नजिकै आइपुगेर बन्दुक ताकेका ती सशस्त्र व्यक्तिबाट जोगाउन खोजेको देखिन्छ।

क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नरलाई ठगीको आरोप लागेको छ। राष्ट्रपति हुँदा सार्वजनिक कोष आफ्नो प्रभाव रहेको क्षेत्रतिर प्रवाह गरेको आरोप पनि उनलाई लागेको छ। दोषी ठहर भएमा उनलाई १२ वर्ष जेल सजाय र राजनीतिमा आजीवन प्रतिबन्ध लगाउनुपर्ने माग अभियोजनकर्ताहरूको छ।

तर उनी सिनेटकी अध्यक्ष पनि हुन्।

उनीसँग संसदीय उन्मुक्ति भएको हुँदा उनलाई दिइएको सजाय सर्वोच्च अदालतले सदर नगरेसम्म उनले जेल जानुपर्दैन। अथवा सन् २०२३ को अन्त्यतिर हुने संसदीय निर्वाचनमा उनी पराजित भइन् भने पनि उनले दिइने सजाय लागु हुनसक्छ।

को हुन् सन्दिग्ध व्यक्ति?
पक्राउ परेका व्यक्तिकी आमा आर्जेन्टिनाकै नागरिक भएको प्रहरीले बताएको छ। उनका पिता ब्रजिलका भएपनि उनी सन् १९९३ देखि उनी आर्जेन्टिनामै बस्दै आएका छन्। उनलाई गत वर्ष एउटा ठूलो चक्कु बोकेको अवस्थामा फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो। BBC news nepali


Last Updated on: September 3rd, 2022 at 12:45 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया